• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

नेपालमा मङ्कीपक्सको जोखिम नभए पनि सावधानी जरुरी : स्वास्थ्य मन्त्रालय

  •  आइतबार, जेठ ०८, २०७९ मा प्रकाशित

काठमाडौँ । पछिल्लो समय अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा मङ्कीपक्स नामको नयाँ भाइरस फैलिएको छ ।

बाँदरमा लाग्ने मङ्कीपक्स भाइरस मानिसमा पनि देखिन थालेपछि विश्वभरि नै उच्च सतर्कता अपनाउन थालिएको छ । यद्यपि, हाल नेपालमा यसको जोखिम नभए पनि सावधानी अपनाउन आवश्यक भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी थालिएको जनाएको छ ।

कोरोना महामारीको जोखिम बिस्तारै कम भएर सामान्य अवस्थामा फर्किन थालेको विश्व समुदायमा फेरी मङ्कीपक्स नामको नयाँ भाइरस देखिन थालेसँगै विश्व स्वास्थ्य सङ्गठन (WHO) ले विश्वका सबै मुलुकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
पहिलो पटक सन् १९७० मा अफ्रिकी देश कङ्गोमा मानिसमा देखा परेको मङ्कीपक्स भाइरस त्यसभन्दा अगाडी अनुसन्धानमा राखिएका बाँदरहरूमा देखा परेकाले यसलाई मङ्कीपक्स भनिएको हो ।

विगतमा पश्चिम र मध्य अफ्रिकामा सीमित रहेको यो भाइरस पछिल्लो समय एसियामा सन् २०१९ मा सिंगापुरमा देखा परेको थियो । खास गरी मङ्कीपक्स भाइरस स– साना स्तनधारी जनावर जस्तै मुसा, लोखर्के र बाँदरका विभिन्न प्रजातिहरूबाट पनि सर्न सक्ने देखिएको छ । सुरुमा जनावरबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमा भने सङ्क्रमितको थुकका छिटाहरू, सङ्क्रमितले लगाएका लुगाहरू लगायतबाट पनि सर्न सक्ने सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख शेरबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँले पहिले जनावरबाट मानिस हुँदै मानिसबाट मानिसमा सर्न सक्ने यो भाइरस कोरोनाजस्तो छिटो र सहजै भने नसर्ने बताउनुभयो ।

मङ्कीपक्स भाइरस संक्रमण भएको पाँचदेखि २१ दिनभित्र लक्षण देखिने हुन्छ । सुरुको अवस्थामा अन्य रोगसँग मिल्दो जुल्दो जस्तै ज्वरो आउने, टाउको दुख्ने, ग्रन्थिहरू सुन्निने जस्ता लक्षणहरू देखिने गर्छ भने बिस्तारै अनुहार तथा शरीरमा पानीका फोकाजस्ता बिमिरा देखिने हुन्छ ।

अन्य विभिन्न रोगहरूसँग यसको लक्षण मिल्दोजुल्दो भएकाले स्वास्थ्यकर्मीले समेत तुरुन्त रोगको निदान गर्न जटिल हुनसक्ने भएकाले सावधानी अपनाउन जरुरी रहेका डा.पुन बताउनुहुन्छ ।

उहाँले पछिल्लो समय मे ७ मा बेलायतमा मङ्कीपक्स देखिएको घोषणा गरियो तत्पश्चात् एकपछि अर्को देशमा देखिँदै जानु र भारतले समेत यसको जोखिम भित्रिन नदिन विभिन्न निगरानी अपनाएको अवस्थामा नेपालमा पनि हवाई सम्पर्क विभिन्न देशसँग भएकाले त्यसको निगरानी बढाउनुपर्ने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो ‘‘व्यक्तिको शरीरमा बिमिराहरू देखिन थाल्यो, कुनै त्यस्ता लक्षणहरू देखिन थाल्यो भने र मङ्कीपक्स भाइरस फैलिएको देशहरूबाट २१ दिनभित्र फर्केर आएका हो भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।’’

मङ्कीपक्स भाइरसको नेपालमा भने हाल जोखिम नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कता आवश्यक भएको भने जनस्वास्थ्यविद्हरूको धारणा छ । यस भाइरसको सङ्क्रमणबाट बच्न मानिसले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्दछ । नेपालमा मङ्कीपक्सको जोखिम आउन नदिन सरकारले सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘‘भाइरस फैलिएका देशहरूबाट नेपाल भित्रिने व्यक्तिहरूको निगरानीका लागि सरकारले विभिन्न स्थानमा हेल्थ डेस्क राखेको र सम्बन्धित निकायहरूसँग नजिकको समन्वय र निरन्तर सूचना आदानप्रदान भइरहेकाले हाल नेपालमा मङ्कीपक्सको विषयलाई लिएर चिन्तित हुनुपर्ने अवस्था छैन ।’’

हालसम्म मङ्कीपक्स भाइरस अमेरिका र युरोप लगायत ११ वटा देशमा फैलिएको छ भने ८० जनामा संक्रमण पुष्टि भइसकेको र ५० जना शङ्कास्पद बिरामी रहेको विश्व स्वास्थ्य सङ्गठन (WHO) को तथ्याङ्क छ ।

आइतबार, जेठ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.