• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०९, २०८३
शुक्रबार, असोज ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण
  • १ घण्टा 

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
  • ४ घण्टा 

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार
  • २२ घण्टा 

चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो
  • २२ घण्टा 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने कसुरमा कैद र जरिबाना दुवै अनिवार्य हुने गरी कानुन संशोधनको प्रस्ताव
  • २२ घण्टा 

आन्दोलनरत आवासीय चिकित्सकलाई कलेज छाड्न अल्टिमेटम
  • २२ घण्टा 

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व
  • २३ घण्टा 

गुल्मीमा रेबिजविरुद्ध निःशुल्क खोप अभियान
  • २३ घण्टा 

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

  • २. विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

  • ३. डा. महेश्वर प्रसाद र डा.मधु गुप्ताको प्रेरणादायी प्रेमयात्रा

  • ४. यस्ता छन् मिर्गौला खराब हुँदा देखापर्ने लक्षणहरू

  • ५. क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त

  • ६. आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

  • ७. जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम

  • ८. भरतपुर अस्पतालमा १२२ जना सर्पदंशका बिरामीको उपचार

  • ९. अस्पतालको गेटमा सुत्केरी प्रकरण : चिकित्सक, नर्स र कर्मचारीमाथि कार्वाही सिफारिस

  • १०. निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन प्रशासन सक्रिय

डा. महेश्वर प्रसाद र डा.मधु गुप्ताको प्रेरणादायी प्रेमयात्रा

  •  मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित

जीवनमा केही भेटहरू यस्ता हुन्छन्, जसले वर्तमानलाई मात्र होइन, भविष्यलाई समेत सुन्दर बनाइदिन्छन् । कतिपय सम्बन्धहरू अचानक सुरु भएजस्तो देखिए पनि त्यसको जग विश्वास, सम्मान र आत्मीयताले बिस्तारै निर्माण गरिरहेको हुन्छ । वरिष्ठ फिजिसियन डा. महेश्वर प्रसाद र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मधु गुप्ताको प्रेमकथा पनि यस्तै प्रेरणादायी यात्राको कथा हो, जहाँ दुई चिकित्सकको पेशागत सहकार्यले जीवनभरको साथको रूप लियो ।

वीरगञ्जमा स्वास्थ्य सेवाका क्षेत्रमा स्थापित र लोकप्रिय चिकित्सकका रूपमा चिनिने यो दम्पतीको सम्बन्ध कुनै चलचित्रको कथा जस्तो लाग्न सक्छ । तर यसको सुन्दरता वास्तविक जीवनका संघर्ष, मेहनत, सेवा भावना र एकअर्काप्रतिको विश्वासमा आधारित छ ।

बाल्यकालमै जन्मिएको चिकित्सक बन्ने सपना

पर्साको सिर्सिया क्षेत्रमा जन्मिएका डा. महेश्वर प्रसादलाई सानैदेखि पढाइप्रति विशेष रुचि थियो । कक्षा ८ मा अध्ययन गर्दादेखि नै उहाँको मनमा चिकित्सक बन्ने सपना पलाउन थालेको थियो । परिवारमा चार दाजुभाइ र दुई दिदीबहिनीमध्ये कान्छो भाइका रूपमा हुर्किनुभएका उहाँले बिरामी र पीडित मानिसहरूको अवस्था नजिकबाट देख्नुभएको थियो । यही अनुभवले उहाँलाई चिकित्सा क्षेत्रतर्फ आकर्षित गराएको थियो ।

उता पर्साको पोखरिया गाउँकी डा. मधु गुप्ताको लागि बाल्यकाल गाउँबाट काठमाडौं पुगेर अध्ययन गर्नु आफैंमा चुनौतीपूर्ण यात्रा थियो । तर उहाँका बुवाको विशेष प्रेरणा र आफ्‌नै इच्छाशक्तिका कारण चिकित्सक बन्ने सपना झन् बलियो हुँदै गयो । कक्षा ७ मा अध्ययन गर्दादेखि नै उहाँले आफूलाई भविष्यको चिकित्सकका रूपमा कल्पना गर्न थाल्नुभएको थियो ।

समय बित्दै गयो । दुवैले फरक–फरक स्थानमा अध्ययन पूरा गर्दै चिकित्सा क्षेत्रमा आफ्‌नो भविष्य निर्माण गर्न थाल्नु भएको थियो । उहाँहरूलाई त्यति बेला थाहा थिएन कि भविष्यले दुबै जनालाई एउटै बाटोमा ल्याएर उभ्याउनेछ भन्ने ।
नेशनल मेडिकल कलेजबाट सुरु भएको चिनजान
सन् २०१४ मा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको जनरल मेडिसिन विभागमा एउटा नयाँ अध्याय सुरु भयो । डा. महेश्वर प्रसादले त्यहाँ केही दिनअघि मात्रै सेवा सुरु गर्नुभएको थियो । त्यही समयमा डा. मधु गुप्ताले पनि त्यही मेडिसिन विभागमा आबद्ध भई आफ्‌नो सेवा सुरु गर्नुभयो ।

शुरुआती दिनहरू सामान्य नै थिए । अस्पतालको व्यस्त वातावरण, बिरामीहरूको चाप, विभागीय जिम्मेवारी र उपचार प्रक्रियाबीच दुबै जनाले सहकर्मीका रूपमा काम गरिरहनुभएको थियो । दैनिकजसो भेटघाट हुन्थ्यो, तर त्यो पेशागत सीमाभित्र मात्र सीमित थियो । समयसँगै परिस्थितिहरू बदलिन थाले । बिरामीका विषयमा हुने छलफल, उपचार योजनाबारे गरिने परामर्श, विभागीय बैठकहरू र कहिलेकाहीँ खाजा तथा कफीका लागि सँगै बिताएका केही मिनेटहरूले उहाँहरूलाई एकअर्कालाई बुझ्‌ने अवसर दियो । डा. महेश्वरको शान्त, गम्भीर र सहयोगी स्वभावले डा. मधुलाई प्रभावित गरिरहेको थियो भने डा. मधुको स्पष्ट विचार, आत्मविश्वास र खुलापनले डा. महेश्वरको मन जित्न थालेको थियो ।

मित्रताको गहिराइ

समय बित्दै जाँदा उहाँहरूको सम्बन्ध सहकर्मीबाट असल मित्रमा रूपान्तरण हुन थाल्यो । अस्पतालको व्यस्त दैनिकीबीच पनि एकअर्काको उपस्थितिले दिन सहज बन्न थालेको थियो । उहाँहरूबीच चिकित्सा क्षेत्रका विषय मात्र होइन, जीवनका अनुभव, सपना, परिवार र भविष्यका योजनाबारे पनि कुराकानी हुन थाल्यो । दुवैको सोचमा धेरै समानता थियो । बिरामीप्रतिको समर्पण, समाजप्रतिको जिम्मेवारी र आफ्‌नो पेशाप्रतिको सम्मानले उहाँहरूलाई अझ नजिक बनायो ।

कुनै औपचारिक घोषणा बिना नै डा. महेश्वर र डा. मधु एकअर्काका विशेष साथी बनिसक्नुभएको थियो । अस्पतालको एउटै विभागमा काम गर्दा सुरु भएको आत्मीयता विस्तारै जीवनको महत्वपूर्ण हिस्सा बन्न थालेको थियो ।

मित्रता गहिरिँदै जाँदा डा. महेश्वर प्रसादले आफ्‌नो मनको भावना व्यक्त गर्ने निर्णय गर्नुभयो । एक दिन उहाँले डा. मधुसमक्ष विवाहको प्रस्ताव राख्नुभयो । विगत सम्झँदै डा. मधु आज पनि मुस्कुराउँदै भन्नुहुन्छ, “विवाहको प्रस्ताव पहिले उहाँले नै गर्नुभएको थियो ।”

डा. मधुले पनि डा. महेश्वरभित्र आफूले खोजेको जीवनसाथी देख्नुभएको थियो । यसरी उहाँहरूको मित्रता प्रेममा परिणत भयो ।

परिवारको सहमतिमा नयाँ यात्रा

प्रेमलाई वैवाहिक सम्बन्धमा रूपान्तरण गर्नु त्यति सहज भने थिएन । डा. महेश्वर प्रसादको परिवारले सम्बन्धलाई सकारात्मक रूपमा स्वीकार गर्‍यो तर डा. मधु गुप्ताको परिवार, विशेषगरी उहाँका बुवाका लागि यो निर्णय सहज थिएन । हरेक बाबुआमाको जस्तै उहाँका बुवालाई पनि छोरीको भविष्यप्रति चिन्ता थियो । तर समयसँगै डा. महेश्वरको व्यक्तित्व, जिम्मेवारीबोध र दुवैको सम्बन्धको गहिराइ बुझ्‌दै जाँदा परिवार पनि सहमत हुन थाल्यो । अन्ततः दुवै परिवारको सहमतिमा विवाह सम्पन्न भयो ।

विवाहपछि डा. महेश्वर र डा. मधुको सम्बन्ध झन् बलियो बन्यो । एउटै पेशामा रहेका कारण उहाँहरू एकअर्काको संघर्ष, जिम्मेवारी र चुनौतीलाई सहज रूपमा महसुस गर्न सक्नुहुन्थ्यो । रातभर बिरामीको उपचारमा व्यस्त हुनुपर्दा होस् वा जटिल अवस्थाका बिरामीको उपचार गर्दा आउने मानसिक दबाब, दुवैले एकअर्कालाई सधैं साथ दिँदै आउनु भएको छ ।

डा. महेश्वर कम बोल्ने र गम्भीर स्वभावका हुनुहुन्छ । बिरामीको सेवामा अत्यन्त केन्द्रित रहने उहाँको बानी छ । डा. मधु भने खुलेर बोल्ने, हँसिलो र स्पष्ट विचार राख्ने स्वभावकी हुनुहुन्छ । उहाँहरूको यही स्वभावमा रहेको फरकपनले चिकित्सक जोडीहरूको सम्बन्धलाई अझ सन्तुलित र प्रेमिल बनाएको छ ।

तराईका जनताको सेवामा समर्पित

उच्च शिक्षा र विशेषज्ञता हासिल गरेपछि काठमाडौं वा विदेशमा अवसरको कमी थिएन । तर दुवैले तराईमै बसेर सेवा गर्ने निर्णय गर्नुभयो । डा. महेश्वर प्रसादका अनुसार तराईका नागरिक सामान्य रोगको उपचारका लागि समेत काठमाडौं वा भारत जान बाध्य भएको अवस्था देख्दा आफूलाई यही क्षेत्रमा सेवा गर्नुपर्छ भन्ने भावना जागेको थियो ।

डा. मधु गुप्ताको पनि प्रारम्भिक सोच काठमाडौंमै बसेर सेवा गर्ने थियो । तर विवाहपछि श्रीमान्‌को तराईका जनताको सेवा गर्ने चाहना र आफ्‌नो बुवाले पनि मधेशका जनतालाई तराईमै बसी छोरीले सेवा गरिदिए आफू खुसी हुने भावना व्यक्त गर्नु भएपछि उहाँले पनि यही क्षेत्रमा आफ्‌नो विशेषज्ञ सेवा समर्पित गर्ने निर्णय गर्नुभयो । आज यी दुवै चिकित्सक तराईका हजारौं बिरामीका लागि आशा, विश्वास र भरोसाको नाम बनेको देखिन्छ ।

प्रेरणाको अर्को नाम

डा. महेश्वर प्रसाद र डा. मधु गुप्ताको प्रेमकथा सम्मान, विश्वास, समर्पण र साझा उद्देश्यसँग गाँसिएको कथा हो । यो त तराईका जनताको स्वास्थ्य सेवा प्रवाह गर्ने गर्विला चिकित्सक जोडीको जन्मभूमिप्रतिको मार्मिक सन्देशमुलक कथा हो । अस्पतालको जनरल मेडिसिन विभागमा सेतो कोट लगााएर सेवा गर्दै सुरु भएको चिनजान आज सफल वैवाहिक जीवन र समाजसेवाको उदाहरण बनेको छ । साँचो प्रेम केवल भावनामा सीमित हुँदैन, त्यो एकअर्काको सपना, संघर्ष र लक्ष्यलाई सम्मान गर्दै जीवनभर साथ दिने प्रतिबद्धता पनि हो भन्ने कुरा उहाँहरूको यात्राले सिकाउँछ ।

आज पनि बिरामीको सेवामा व्यस्त रहँदा उहाँहरू एकअर्काका सबैभन्दा ठूला समर्थक र प्रेरणाका स्रोत बन्नुभएको छ । यही कारण उहाँहरूको प्रेमयात्रा व्यक्तिगत सफलता मात्र होइन, समाजका लागि पनि प्रेरणादायी कथा बनेको छ । आफ्‌ना कैयौं चाहना त्याग गरी उहाँहरू दुबै जनाले तराईका जनताको सेवामा चिकित्सा क्षेत्रबाट सक्दो योगदान दिइरहनु भएको छ । सेतो कोटभित्र फक्रिएको डा. महेश्वर र डा. मधुको प्रेमकथाले बिरामीलाई प्रेममय जीवनका लागि प्रेरणा दिइरहेको छ ।

मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार

लोकप्रिय

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

डा. महेश्वर प्रसाद र डा.मधु गुप्ताको प्रेरणादायी प्रेमयात्रा

यस्ता छन् मिर्गौला खराब हुँदा देखापर्ने लक्षणहरू

क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त

ताजा

विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार

चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.