• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २२ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

अमेरिकी अस्पतालबाट नेपाली विद्यार्थीले १३ अर्ब बढी पाए क्षतिपूर्ति

  •  बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित

वासिङटन । सबै बिरामीहरुसँग नैतिक, सम्मानजक र दक्ष मेडिकल सेवाको अधिकार छ । र प्रायः अवस्थामा अमेरिकाभरका अस्पतालहरुमा यो कडाइका साथ अपनाइन्छ । तर यति हुँदा हुँदै पनि हरेक वर्ष त्यहाँका २ देखि ४ लाख अस्पतालहमा बिरामीले कुनै न कुनै प्रकारको लापरबाही या गलत व्यवहारको सामना गर्छन् जसका कारण कतिको मृत्युसमेत हुने गरेको छ । यसरी अमेरिकामा मृत्युको प्रमुख कारणमा चिकित्सा त्रुटि पनि शीर्ष स्थानमै पर्दछ ।

मेडिकल क्षेत्रमा हुने लापरबाहीले बिरामीको स्वास्थ्यमा प्रत्यक्ष हानि पुर्याउँछ । यसमा ससाना गलती र हेल्चेक्र्याइँले पनि तिनको जीवनै बदलिदिने असर परिरहेको हुन्छ । अमेरिकामा मात्र यस्ता सयौँ घटना भएका छन् जसमा कतिपय मुद्दामा अस्पतालले लाखौँ, करोडौँ डलरको क्षतिपूर्ति दिनुपरेको छ ।

हालैको यस्तो घटना हो मिनेसोटाको सेन्ट क्वाउड मेडिकल सेन्टरमा १९ वर्षीय नेपाली विद्यार्थी अनुज थापाले अस्पतालको लापरबाहीका कारण बायाँ खुट्टामा नराम्रो क्षति पुगेपछि सो मेडिकल संस्थाले उनलाई क्षतिपूर्ति स्वरुप ११ करोड डलर तिरेको छ ।

जनवरी २०१७ मा पहिलो वर्षका विद्यार्थी थापालाई एक फुटबल खेलका क्रममा खुट्टामा चोट लागेपछि एम्बुलेन्समा हालेर सेन्ट क्लाउड हस्पिटल लगिएको थियो ।

यसमा डाक्टरहरले उनको खुट्टा भाँचिएको ठहर गर्दै तत्कालीन डाक्टर च्याड होलियनले उनलाई शल्यक्रिया गर्न सुझाव दिए जसमा अनुजले सहमति जनाए ।
तर उक्त शल्यक्रियापछि पनि अनुजको दुखाइ कम भइरहेको थिएन । तापनि उनी शल्यक्रिया सकिएकै रात डिस्चार्ज भएर घर गए । अनि ६ दिनपछि पीडा झन् झन् बढ्न थालेकाले उनी फेरि अस्पताल पुगे ।

यसपटक चाहिँ उनलाई अर्कै अर्थो फिजिसियनले शल्यक्रिया गर्न लगे । यसमा उनले अनुजलाई ‘एक्युट कम्पार्टमेन्ट सिन्ड्रोम’ रहेको पत्ता लगाए जसमा उनको खुट्टाका मांसपेसीहरु खैरो भइसकेका थिए ।

त्यसबेलादेखि अनुजले २० वटाभन्दा बढी शल्यक्रिया गराए । अस्पतालविरुद्ध जारी गरिएको कानुनी मुद्दाकाअनुसार अस्पतालले सुरुवातमै अनुजको मेडिकल अवस्था पहिचान गर्न असफल भएकाले नै उनी यति ठूलो स्वास्थ्य समस्यामा परेका हुन् । यसले उनको खुट्टामा वास्तवमै कहिल्यै ठीक हुन नसक्ने नोक्सानी गरायो ।

यसपछि अन्ततः अस्पतालले उनको विगत र भविष्यको पीडा, मानसिक वेदना अनि मेडिकल खर्चको क्षतिपूर्ति स्वरुप १११ मिलियन अर्थात् ११ करोड डलर प्रदान गरेको हो । यो भनेको नेपालीमा १३ अर्ब ८१ करोड रुपैँया हुन्छ ।

तर अमेरिकामा यति ठूलो रकमको मेडिकल क्षतिपूर्तिको यो पहिलो घटना भने होइन ।

सन् २०१९ मा अमेरिकाको मेरिल्यान्डकी एक महिलाले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो मेडिकल क्षतिपूर्ति पाएकी थिइन् ।

जोन हप्किन्स बेभ्यु मेडिकल सेन्टरमा एरिका बाइरोमले छोरीलाई जन्म दिएकी थिइन् जसको मस्तिष्कमा अस्पतालको लापरबाहीकै कारण गम्भीर क्षति पुग्यो । यसपछि अदालतले उनलाई २० करोड ५० लाख डलरको क्षतिपूर्ति दिइने फैसला सुनाएको थियो ।

त्यस्तै २०१८ मा पनि मिचिगनको गलत तरिकाले शल्यक्रिया गरेपछि डेट्रोइट मेडिकल सेन्टरको बाल अस्पतालमा दश वर्षीया फेथ डिग्रान्ड आंशिक रुपमा प्यारालाइज्ड भएका थिए ।

यत्मिात्र नभएर गलत शल्यक्रियापछि पनि उनीहरुले फेथको जीवनलाई खतरामा पारेर उपचार जारी राखेको पाइएको थियो । यससैको मुद्दामा अस्पतालले उनलाई १३ करोड ५० लाख डलर क्षतिपूर्ति दिइएको थियो ।

यता २००६ मा फ्लोरिडामा स्ट्रोक सम्बन्धी पारिवारिक इतिहासबारे थाहा पाएर पनि डाक्टरहरुले एक बास्केटबल खेलाडीको लक्षणलाई साइनस इन्फेक्सन भनेर पेनकिलर दिँदै घर पठाएका थिए । त्यसको अर्को दिन नै उनको मस्तिष्क सुन्निएपछि उनलाई इमरजेन्सीमा अस्पताल ल्याइएको हो । यसको अर्को तीन महिना उनी कोमामा रहनुपरेको थियो । यसले उनको दिमागी क्षमतामा हस आउनुका साथै उनलाई खाना निल्ने लगायत थुप्रै स्वास्थ्य समस्या भयो । उनलाई २१ करोड ६७ लाख डलरको क्षतिपूर्ति दिइएको थियो ।

यसमा आश्चर्यजनक कुरा के छ भने यी मुद्दाहरुमा प्रायः पीडितलाई जित दिलाउन अत्यन्तै कठिन हुने गरेको पाइन्छ । पहिलो कुरा त यस्ता १० प्रतिशत भन्दा कम मुद्दा मात्र अदालतसम्म पुर्याइन्छ । त्यस्तै प्रायः अवस्थामा डाक्टर, अस्पताल लगायत अन्य विरोधी पार्टीले जित्ने गरेको पनि देखिएको छ । बाह्रखरीबाट

बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.