• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०९, २०८३
शुक्रबार, असोज ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण
  • १ घण्टा 

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
  • ४ घण्टा 

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार
  • २२ घण्टा 

चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो
  • २२ घण्टा 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने कसुरमा कैद र जरिबाना दुवै अनिवार्य हुने गरी कानुन संशोधनको प्रस्ताव
  • २२ घण्टा 

आन्दोलनरत आवासीय चिकित्सकलाई कलेज छाड्न अल्टिमेटम
  • २२ घण्टा 

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व
  • २३ घण्टा 

गुल्मीमा रेबिजविरुद्ध निःशुल्क खोप अभियान
  • २३ घण्टा 

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

  • २. विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

  • ३. डा. महेश्वर प्रसाद र डा.मधु गुप्ताको प्रेरणादायी प्रेमयात्रा

  • ४. यस्ता छन् मिर्गौला खराब हुँदा देखापर्ने लक्षणहरू

  • ५. क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त

  • ६. आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

  • ७. जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम

  • ८. भरतपुर अस्पतालमा १२२ जना सर्पदंशका बिरामीको उपचार

  • ९. अस्पतालको गेटमा सुत्केरी प्रकरण : चिकित्सक, नर्स र कर्मचारीमाथि कार्वाही सिफारिस

  • १०. निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन प्रशासन सक्रिय

निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन प्रशासन सक्रिय

  •  बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित

भद्रपुर । झापाका निजी अस्पतालमा सरकारले तोकेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्बन्धमा अस्पताल सञ्चालक तथा सरोकारवालाबीच छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेलको पहलमा जिल्ला प्रशासन कार्यालयमा बुुधबार भएको छलफलमा गरिब, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिइयो ।

सेवा कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने तथा लक्षित वर्गको पहिचानलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार जिल्लामा अस्पतालको स्वीकृत श्यया सङ्ख्याको १० प्रतिशत श्यया गरिब, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलगायत लक्षित वर्गका लागि छुट्याएर निःशुल्क सेवा उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलले निःशुल्क स्वास्थ्य सेवा वास्तविक लक्षित वर्गसम्म सहज रूपमा पुर्याउने र सेवा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्ने उद्देश्यले छलफल आयोजना गरिएको बताउनुभयो । “सरकारले तोकेको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नु सबैको दायित्व हो । यसबाट संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनमा सहयोग पुग्नाका साथै नागरिकको अधिकार संस्थागत हुन थप टेवा पुग्ने छ,” उहाँले भन्नुभयो, “लक्षित वर्गले सहज रूपमा सेवा पाउने वातावरण बनाउन स्थानीय तह, अस्पताल र प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक छ ।”

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार झापामा रहेका ४० वटा निजी अस्पतालमध्ये हालसम्म १७ वटा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको ‘निःशुल्क स्वास्थ्य पोर्टल’मा आबद्ध भएका छन् । बाँकी अस्पताललाई पोर्टलमा आबद्ध हुन छलफलबाट प्रतिबद्ध गराइएको उहाँले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा झापाका निजी अस्पतालबाट आंशिक रूपमा तीन हजार ६०४ जनाले निःशुल्क सेवा लिएका छन् । ती सेवाको मूल्य रु २७ लाख २५ हजार ९७६ रहेको छ । यस्तै, पूर्ण रूपमा निःशुल्क सेवा लिने १५८ जनाको उपचारमा रु चार लाख सात हजार ९३० खर्च भएको उहाँले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन जिल्लाका सबै अस्पतालले एक–एक जना ‘फोकल पर्सन’ तोकी त्यसको जानकारी जिल्ला स्वास्थ्य कार्यालयलाई गराउने निर्णय भएको छ । जिल्लास्तरीय फोकल पर्सनका रूपमा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठलाई तोकिएको छ ।

कार्यविधिअनुसार निःशुल्क शय्यामा भर्ना भएका बिरामीलाई सःशुल्क श्ययामा उपचाररत बिरामीसरह कुनै भेदभाव नगरी अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ । शय्या, चिकित्सकको परामर्श, शल्यक्रिया, प्रयोगशाला तथा अन्य परीक्षण, उपचारमा आवश्यक औषधिलगायत कुनै पनि सेवामा शुल्क लिन पाइने छैन । छलफलमा निजी अस्पताल सञ्चालकले कतिपय स्थानीय तहले आर्थिक रूपमा सक्षम व्यक्तिलाई पनि निःशुल्क उपचारका लागि सिफारिस गर्ने गरेको गुनासो गरेका थिए । उनीहरूले वास्तविक विपन्न तथा लक्षित वर्गका व्यक्तिको मात्रै सिफारिस भएर आएमा १० प्रतिशत निःशुल्क सेवा उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले वास्तविक लक्षित वर्गको पहिचान गरेर मात्रै सिफारिस गर्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिवलाई अभिमुखीकरण गरिसकिएको जानकारी दिनुभयो । गलत वा फर्जी सिफारिस गरिएको प्रमाणित भएमा सम्बन्धितलाई कारबाही गरिने उहाँले बताउनुभयो।रासस

बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार

लोकप्रिय

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

डा. महेश्वर प्रसाद र डा.मधु गुप्ताको प्रेरणादायी प्रेमयात्रा

यस्ता छन् मिर्गौला खराब हुँदा देखापर्ने लक्षणहरू

क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त

ताजा

विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार

चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.