• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०९, २०८३
शुक्रबार, असोज ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण
  • १ घण्टा 

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
  • ३ घण्टा 

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार
  • २२ घण्टा 

चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो
  • २२ घण्टा 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने कसुरमा कैद र जरिबाना दुवै अनिवार्य हुने गरी कानुन संशोधनको प्रस्ताव
  • २२ घण्टा 

आन्दोलनरत आवासीय चिकित्सकलाई कलेज छाड्न अल्टिमेटम
  • २२ घण्टा 

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व
  • २३ घण्टा 

गुल्मीमा रेबिजविरुद्ध निःशुल्क खोप अभियान
  • २३ घण्टा 

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

  • २. विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

  • ३. डा. महेश्वर प्रसाद र डा.मधु गुप्ताको प्रेरणादायी प्रेमयात्रा

  • ४. यस्ता छन् मिर्गौला खराब हुँदा देखापर्ने लक्षणहरू

  • ५. क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त

  • ६. आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

  • ७. जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम

  • ८. भरतपुर अस्पतालमा १२२ जना सर्पदंशका बिरामीको उपचार

  • ९. अस्पतालको गेटमा सुत्केरी प्रकरण : चिकित्सक, नर्स र कर्मचारीमाथि कार्वाही सिफारिस

  • १०. निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन प्रशासन सक्रिय

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

  •  शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित

राँझा । कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति विस्तारामा सुतिरहेकै बेला सर्पले डस्यो । थापालाई सर्पले डसेको थाहा पाउनेबित्तिकै रातारात नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरियो । झुल लगाएर सुत्नुभएका थापालाई झुल बाहिरबाटै सर्पले टाउकोमा डसेको थियो ।

समयमै अस्पताल पुर्याएपछि उहाँको उपचारमा सहज भयो । एन्टी स्नेक भेनम चढाएपछि अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छोरा राजबहादुर थापाले बताउनुभयो । “गाउँमै धामीझाँक्री वा स्थानीय स्वास्थ्यचौकीमा अलमल गरेको भए ठूलो दुर्घटना हुनसक्थ्यो”, राजबहादुरले भन्नुभयो, “स्वास्थ्यचौकीमा लगे पनि नेपालगन्ज रेफर गर्छन् भन्ने थाहा भएकाले हामी सिधैँ भेरी अस्पताल आयौँ । सही समयमा अस्पताल ल्याएकाले बुबाले नयाँ जीवन पाउनुभयो ।” जयबहादुर थापाको यो घटना एउटा प्रतिनिधि उदाहरणमात्र हो । गर्मी र वर्षाको मौसममा तराई तथा पहाडी भेगमा सर्पदंशका घटना अत्यधिक बढ्ने गरेका छन् ।

पछिल्लो समय भेरी अस्पतालमा सुविधासम्पन्न पूर्वाधार, अनुभवी चिकित्सक र चुस्त व्यवस्थापनका कारण सर्पदंशका बिरामीका लागि ‘मृत्युको मुखबाट फर्काउने’ आशाको किरण छरिरहेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालका अनुसार अन्तिम अवस्थामा पुगेर पनि भेरी अस्पताल आइपुगेका दर्जनौँ बिरामी नयाँ जीवन पाएर घर फर्किएका छन् । आर्थिक वर्ष २०८२/८३ मा भेरी अस्पतालमा विभिन्न जिल्लाबाट आएका ९१ जना सर्पदंशका बिरामीमध्ये ८५ जना निको भएर घर फर्किएका थिए भने छ जनाको मात्र मृत्यु भएको थियो । चालु आवको दुई महिनामा अस्पतालमा भर्ना भएका ४९ जना बिरामीमध्ये ४६ जना सफल उपचारपछि निको भएका छन् भने तीन जनाको मात्र मृत्यु भएको छ ।

तथ्याङ्कअनुसार अस्पताल आइपुग्ने ९२ प्रतिशतभन्दा बढी बिरामीको ज्यान जोगाउन भेरी अस्पतालका चिकित्सक सफल भएका छन् । गर्मीयाममा सर्पदंशका बिरामीको सङ्ख्या ह्वात्तै बढे पनि अस्पतालका तालिमप्राप्त र कुशल चिकित्सकको टोलीका कारण धेरैको ज्यान जोगाउन सम्भव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दर्नालले बताउनुभयो । “भेरी अस्पताल यतिबेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट प्रेषण (रेफर) भएर आउने सर्पदंशका बिरामीको मुख्य उपचार थलो बनेको छ”, डा दर्नालले भन्नुभयो, “हामीकहाँ आउने सर्पदंशका बिरामीलाई सहज र द्रुत रूपमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाएका छौँ ।” सर्पदंशबाट हुने अधिकांश मृत्युको मुख्य कारण अस्पताल ल्याउन गरिने ढिलाइ नै हो ।

भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीबारे अध्ययन गरिरहनुभएका डा बद्री चापागाईँले बिरामीलाई अस्पताल ल्याउन हुने ढिलाइ नै ज्यान जानुको प्रमुख जोखिम रहेको बताउनुभयो । “सर्पले टोकेपछि मानिस सुरुमा गाउँघरमै अलमलिने, धामीझाँक्रीकहाँ जाने वा घरेलु उपचारमा समय खेर फाल्ने गर्छन्”, डा चापागाईँले भन्नुभयो, “विषालु सर्पले टोकेको खण्डमा विष शरीरभरि फैलिएर बिरामी गम्भीर भइसकेपछि मात्र अस्पताल ल्याइन्छ, जसले गर्दा बचाउन गाह्रो हुन्छ ।”

सर्पले टोक्नेबित्तिकै नआत्तिइकन सिधै उपचार केन्द्र पुर्याउन सकियो भने बिरामीको ज्यान शतप्रतिशत जोगिन सक्ने उहाँको भनाइ छ । सर्पले टोकेमा गाउँटोलका धामी, झाँक्री, गुरुवा वा अन्य परम्परागत अन्धविश्वासमा नअल्झिई बिरामीलाई जतिसक्दो चाँडो सर्पदंश उपचार केन्द्र वा सुविधासम्पन्न अस्पतालमा पुरयाउनुपर्ने डा चापागाईँको सुझाव छ।रासस

शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार
चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो

लोकप्रिय

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

डा. महेश्वर प्रसाद र डा.मधु गुप्ताको प्रेरणादायी प्रेमयात्रा

यस्ता छन् मिर्गौला खराब हुँदा देखापर्ने लक्षणहरू

क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त

ताजा

विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार

चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.