काठमाडौँ । डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ कि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरी सुर्खेत पुर्याइएको हो ।
दुर्गम तथा विकट क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याइ सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले सरकारले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।रासस
