• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

कैलालीका जनप्रतिनिधिका प्राथमिकता : स्वास्थ्य र शिक्षा

  •  सोमबार, जेठ २३, २०७९ मा प्रकाशित

टीकापुर,कैलालीमा निर्वाचित नयाँ जनप्रतिनिधिका प्राथमिकतामा स्वास्थ्य र शिक्षा परेका छन् । भौतिक पूर्वाधार निर्माण साथसाथै उनीहरुले सामाजिक क्षेत्रको विकासमा प्राथमिकता दिएका हुन् । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीे शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुहुन्छ । “यहाँका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि टीकापुर या लम्की जानुपर्ने बाध्यता छ । यही किन वातावरण भएन भन्ने प्रश्न उठेको छ”, उहाँ भन्नुहुन्छ, “अब मैले कम्तीमा यही पढ्ने वातावरण बनाउन के गर्ने भन्नेबारे छलफल गर्दैछु ।”

अध्यक्ष चौधरी हरेक क्षेत्र सुधारका लागि समयको महत्व आवश्यक रहेको जनाउँदै आफूले हरेक काम समयमै गर्न थालेका बताउनुहुन्छ । “शिक्षा सुधारका लागि समय व्यवस्थापन पहिलो प्राथमिकता हो । हरेक शिक्षकले हरेक पटक कक्षामा पाँच÷पाँच मिनेट समय ढिलो गरेमा हरेक विद्यार्थीको हिसाब गर्दा कति समय खर्च हुन्छ आफैँ हिसाब गरौँ न, हामीले कति समय बर्बाद गरिरहेका छौँ । मैले यस्तै सानासाना कुरामा सुधार ल्याउने कोसिस गर्नेछु ।”

उहाँ निजी विद्यालय हेर्दा सामुदायिक विद्यालय भौतिक पूर्वाधार सम्पन्न, दक्ष, तालिम प्राप्त शिक्षक भएर पनि नतिजा दयालाग्दो आउनुको कारण के हो ? भन्ने कुरामा समेत बहस थालिने बताउनुहुन्छ । अध्यक्ष चौधरी स्वास्थ्य सेवा लिन पनि गाउँवासी लम्की र टीकापुर दौडनुपर्ने अवस्थाबाट केही राहत दिन स्वास्थ्य संस्थाको स्तरोन्नति गरिने कुरामा लगानी गर्ने बताउनुहुन्छ ।

टीकापुर नगर प्रमुख रामलाल डगौरा थारु प्राविधिक शिक्षामा जोड दिने बताउनुहुन्छ । “यहाँ रहेका प्राविधिक विषय अध्ययन हुने विद्यालयमा थप लगानी गर्न पालिका तयार छ । सही शिक्षा नपाएमा बालबालिकाको भविष्य बर्बाद हुने भएकाले शिक्षामा कुनै खालको कञ्जुस्याईँ गर्दैनौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यका क्षेत्रमा समेत थप लगानी गर्ने तयारी छ । हरेक वडामा स्वास्थ्य संस्था छन् । ती संस्थामा सबै सुविधा पाउने गरी नीतिगतरुपमै काम गर्ने तयारी छ ।”

भजनी नगर प्रमुख केवल चौधरी पनि शिक्षा र स्वास्थ्य प्राथमिकतामा रहने बताउनुहुन्छ । “भजनी बजार कैलालीको पुरानो बजार हो तर यसको विकास हुन सकेको छैन, भजनीको विकासका लागि शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन आवश्यक छ”, उहाँ भन्नुहुन्छ, ‘‘शिक्षा आर्जन गर्न बालबालिका टाढा जानुपर्ने, स्वास्थ्य सेवा लिन रातारात अन्य पालिका वा अन्य जिल्ला दौडनुपर्ने अवस्था अन्त्यका लागि पहल गर्छु । भजनी प्राथमिक स्वास्थ्य केन्द्रको विकास गर्ने योजना छ ।”

उहाँ भजनीका जनता निकै दुःखमा रहेको जनाउँदै विशेषज्ञ डाक्टर नभएका कारण भजनीबासी अकालमा ज्यान गुमाउन वाध्य भएकाले यी कार्य प्राथमिकता दिएर काम गर्ने बताउनुहुन्छ । जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी पनि शिक्षा स्वास्थ्य पहिला प्राथमिकतामा राखेको बताउनुहुन्छ । “जोशीपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुविधासम्पन्न र जनशक्ति व्यवस्थापन प्राथमिकतामा राखेर काम गर्छु”, उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा लिन जाँदा मानिस भौतारिन नपरोस् । बिरामी अवस्थामा पनि सेवा लिनका लागि भौतारिनुभन्दा पीडा के होला ?” उहाँ शिक्षा क्षेत्रमा समेत देखिने गरी सुधार गर्ने बताउँदै, शिक्षा निशुल्क गर्ने पहिलो काम हुने बताउनुभयो । “शिक्षा र स्वास्थ्यका कुरा गर्दा त्यसमा फोहरमैला व्यवस्थापन, सरसफाइका क्षेत्रमा पनि काम हुन्छ”, उहाँले भन्नुभयो, “यी सबै काम अब हामीले सबैको साथ लिएर काम गर्ने हो ।”

सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.