काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । एक हजार ६२० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा १९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६१ छ ।
यो अवधिमा एक लाख ८४ हजार ५४५ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
