काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ५५ संक्रमित थपिएका छन् । दुई हजार ६९८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा काठमाडौंमा उपत्यकामा मात्र २६ संक्रमित थपिएका छन् । काठमाडौंमा २० र ललितपुरमा ६ संक्रमित थपिएका हुन् ।
यो अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २८० छ ।
यो अवधिमा तीन लाख १६ हजार ४७७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
