चितवन । विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर देजकुमार गौतममाथि आज भएको हातपात प्रयासको भत्र्सना गरिएको छ । राष्ट्रिय स्वास्थ्य कर्मी महासंघ,नेपाल , चितवनले विज्ञप्ती प्रकाशित गर्दै दोषी उपर कडा कारवाहीको समेत माग गरेको छ ।
संगठन, चितवनका अध्यक्ष डाक्टर सञ्जय पौडेल द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘डाक्टर देजकुमार गौतममाथि उहांँकै कार्यकक्षमा अस्पतालसंँग असम्बन्धित बाहिरबाट आएका केही अराजक व्यक्तिहरुले हुलहुज्जत गर्दै हातपातको प्रयास गरेको घटनाप्रति हाम्रो संगठन घोर भत्र्सना गर्दछ।’
विज्ञप्तिमा कार्यकारी निर्देशक जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेको व्यत्तिमाथि नियमित कार्य गर्दा गम्भिर खालको हमला भएको उल्लेख छ ।
संगठनले भोलिका दिनमा अस्पतालमा कार्यरत सबै कर्मचारीको जीउ ज्यानकै असुरक्षा बढेको भन्दै उक्त घटनाको दोषी उपर कडा कारवाहीको प्रशासन समक्ष माग समेत गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
