• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

प्राणघातक रोग रेबिज : काभ्रेका १० व्यक्तिको स्वास्थ्यमा निगरानी

  •  शनिबार, असार २५, २०७९ मा प्रकाशित

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–३ कुशादेवी सिमसारका १० जनालाई आज प्राणघातक रेबिजविरुद्धको दोस्रो खोप लगाइएको छ । स्थानीय स्वास्थ्य संस्थाले आफ्नो सम्पर्कमा राखी उनीहरूलाई घरमै स्वास्थ्य–निगरानीमा राखिएको जनाएको छ ।

दुई दिनअघि रेबिजबाट मृत्यु भएका युवाको सम्पर्कमा रहिआएका परिवारका सदस्यलगायतलाई ‘मात्रा’अनुसार खोप लगाइएको कुशादेवी स्वास्थ्यचौकीले जनाएको हो । चौकीप्रमुख प्रभुनारायण साहका अनुसार रेबिजका कारण बिहीबार स्थानीय २३ वर्षीय मदन सापकोटाको उपचारका क्रममा मृत्यु भएको थियो । उनका सम्पर्कमा आएकालाई घरमै स्वास्थ्य–निगरानीमा राखी दोस्रो खोप लगाइएको साहले बताउनुभयो ।

मृतक परिवारका अनुसार करिब छ महिनाअघि भक्तपुरको पाण्डु बजारमा सापकोटालाई कुकुरले टोकेको थियो । उक्त घटना लुकाएका सापकोटा केही साताअघि मात्रै बिरामी परेको र काभ्रेपलाञ्चोकको बनेपास्थित शिर मेमोरियल अस्पतालमा प्रारम्भिक उपचारपश्चात काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा लगिएको थियो । उपचारका क्रममा रेबिजकै कारण गत बिहीबार सापकोटाको मृत्यु भएको साहले जानकारी दिनुभयो ।

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट गत वर्ष एक महिनाको अवधिमा काभे्रपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–६ मा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो । कुकुरले टोकेका उनीहरू एक महिनापछि उपचारका क्रममा मृत्यु भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलले जनायो ।

रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । त्यस्तै अघिल्लो आर्थिक वर्षको माघमा धुलिखेल नगरपालिका–४ का २२ वर्षीय एक युवकको रेबिज रोगबाट मृत्यु भएको थियो । ती युवालाई ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो ।

युवकसहित मृत्यु भएका चारैलाई कुकुरले टोकेको कारण रेबिज रोग लागेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईको समेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको जनाइएको छ ।

एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । साथै केन्द्रले सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षणसमेत गरेको थियो । नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा त्यसबेला रेबिजविरुद्धको २०० लाई भ्याक्सिन लगाइएको थियो ।

केन्द्रले प्राणघातक रोग रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका प्रमुख नगर बनेपा, धुलिखेल र पनौतीमा गरेको सर्भेबाट सात हजार ५०० सामुदायिक तथा छाडा कुकुर रहेको तथ्याङ्क सङ्कलन गरेको थियो । यसमध्ये तीन हजार कुकुरलाई बागमती प्रदेश सरकार तथा विभिन्न संस्थाको प्राविधिक तथा अन्य सहयोगमा रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरणसमेत गरिएको केन्द्र प्रमुख राजकुमार हुमागाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकी कुकुरलाई क्रमशः भ्याक्सिन लगाउँदै बन्ध्याकरण गरिने कार्यक्रम छ ।”

हुमागाईँका अनुसार जिल्लाको १३ स्थानीय तहमा कुकुरको सर्वेक्षण गर्दै भ्याक्सिन तथा बन्ध्याकरण कार्यक्रम विस्तार गर्दै लगिनेछ । सम्भावित जोखिम न्यूनीकरण गर्न केन्द्रमा भ्याक्सिन राखिएको छ । साथै केन्द्रले समय–समयमा सामुदायिक तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रममा सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप तथा स्थायी बन्ध्याकरण गर्ने गरिएको छ ।

एक महिनाको अवधिमै प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा एक बालकसहित तीनको मृत्यु भएपछि यहाँका जनप्रतिनिधिले रेबिज रोगमुक्त जिल्ला बनाउने प्रतिबद्धतासमेत जनाएका थिए । कुकुरको टोकाइबाट हुने रेबिज रोगबाट मानवीय क्षति शून्य बनाउन जिल्लाका १३ स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । सामुदायिक र छाडा कुकुरलाई रेबिजविरुद्धको खोप र स्थायी बन्ध्याकरण तथा रोगबारे जनचेतना फैलाउँदा रोगको न्यूनीकरण गर्न सकिने जनाइएको छ ।

चिकित्सकका अनुसार सुरुमा घरपालुवा वा अन्य जनावरको ¥यालमा रहेका रेबिज भाइरस टोकाइबाट शरीरमा प्रवेश गर्दछ । भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्ने गर्दछ । मानिसमा यो रोग लागेपछि ढिलोचाँडो मृत्यु निश्चित हुने गर्दछ ।

स्वास्थ्य तथ्याङ्कानुसार नेपालमा बर्सेनि २०० बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ । विश्वका १५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । प्राणघातक रेबिज रोग नियन्त्रणका लागि अन्तर्राष्ट्रियरूपमा जनचेतना जगाउन तथा सरोकारवालबीच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रूपमा मनाउने गरिएको छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ ।

शनिबार, असार २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.