• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • ३ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • ३ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

रक्त सञ्चार केन्द्र टीकापुरमा एक हजार ५०० पिन्ट रगत खपत

  •  बिहिबार, असार ३०, २०७९ मा प्रकाशित

नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र टीकापुरमा एक हजार ५०० पिन्ट रगत खपत भएको छ । केन्द्रले यस वर्ष टीकापुर अस्पतालमा उपचारमा आउने बिरामीका लागि रगत आपूर्ति गरेको हो । यसमध्ये केही पिन्ट रगत अन्य अस्पतालमा पनि लगिने गरिएको छ ।

दशक अघिदेखि रगत आपूर्ति गर्दै आएको रेडक्रसले अस्पतालमा आउने बिरामीलाई रगत आपूर्ति गर्दै आएको छ । रेडक्रसले रगत आपूर्ति गर्न थालेपछि अस्पतालमा आउने बिरामीले ठूलो राहत पाउन थालेका हुन् । रगत आपूर्ति सहज भएपछि अस्पतालमा शल्यक्रियाका बिरामी, सुत्केरी, रक्तअल्पताका बिरामी र सिकलसेलका बिरामीले राहत पाएका छन् ।

नागरिकको रगत लिने तर अरुलाई आवश्यक पर्दा नदिने बानीले बिरामीलाई चाहिने रगत आपूर्तिमा समस्या थपिँदै गएको रेडक्रस उपशाखा टीकापुरका रक्तसञ्चार केन्द्र संयोजक टेकराज विनाडी बताउनुहुन्छ । “हामीले रक्तदाताको लिस्ट बनाएर बोलाइ–बोलाइ रगत आपूर्ति गर्दै आएका छौँ, अभाव भएका बेला धेरैलाई अनुरोध गछौँ”, संयोजक विनाडी भन्नुहुन्छ, “रगत दिएपछि मात्र पाइन्छ भन्ने सोच विकास हुन आवश्यक छ । हामीले हरेक उत्सव तथा कार्यक्रममा रक्तदान गर्न प्रोत्साहन गर्दै आएका छौँ ।”

रक्तसञ्चार केन्द्रलाई टीकापुरस्थित सन्त निरंकारी मण्डल, मानव धर्म सेवा समितिलगायतका संस्थाले नियमित रक्तदान कार्यक्रम गर्दै आएका छन् भने पछिल्लो समय राजनीतिक दल र तिनका भातृ सङ्गठन र विभिन्न सङ्घसंस्थाले समेत रक्तदान कार्यक्रम गर्दै आएका छन् । यसरी रक्तदानबाट जम्मा भएको रगत रक्तसञ्चार केन्द्रले आफूसँग राख्ने र बढी भए धनगढी पठाउने गरेको छ । रक्तसञ्चार केन्द्रले भजनी, लम्की, जोशीपुर, जानकीबाट पनि रगत सङ्कलन गर्ने गरेको छ ।

हरेक वर्ष नियमित रक्तदान गर्दै आएको संस्था सन्त निरंकारी मण्डलका केन्द्रीय प्रभारी नरबहादुर रावल रगत मानिसको जीवन बचाउनका लागि आवश्यक पर्ने भएकाले गर्दै आएको बताउनुहुन्छ । “हामीले नागरिकलाई आवश्यक भएका बेला पनि गर्ने गरेका छौँ, नागरिकको भलाइ र जीवन बचाउनका लागि रगत नालीमा होइन नाडीमा बगाऔँ भन्ने सन्देश दिन रक्तदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारी रक्त सञ्चार केन्द्र अस्पतालमा आउने बिरामीको जीवन बचाउन गरेको कार्य सराहनीय रहेको बताउँदै सेवा थप विस्तारमा सबैको सहयोग रहनुपर्ने बताउनुहुन्छ । “अस्पतालमा शल्यक्रियालगायतका सेवा लिन आउने बिरामीलाई धेरै राहत भएको छ । दिनहुँ रगत अभाव भएका बेला रेडक्रसले दिएको सेवाले राहत भएको छ”, उहाँ भन्नुहुन्छ, “मानिसको जीवन बचाउनका लागि सेवा नियमित र थप विस्तार हुन आवश्यक छ ।”

नागरिकलाई रगत आपूर्तिमा सहजताका लागि कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका केही वडा र जोशीपुर गाउँपालिकाले आफ्नो पालिकाका नागरिकलाई दुई पिन्ट रगत निःशुल्क दिने व्यवस्था मिलाएका छन् । यसरी मिलाइएको व्यवस्थाअनुसार ती स्थानीय तहले रेडक्रसमा लाग्ने शुल्क एकमुष्ट उपलब्ध गराउने गरेका छन् । रासस

बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.