• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ३ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ९. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

धनगढीमा मर्यादित महिनावारीका लागि धामीझाँक्री सम्मेलन

  •  बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित

सुदूरपश्चिम, (रासस) : धनगढीमा आयोजित धामीझाँक्री सम्मेलनमा सहभागी डोटीको तेडी कुल देवताका धामी डबल बोगटी आफूहरुको गतिविधिले समाजमा कुनै महिला/पुरुषप्रति विभेद नभएको स्पष्टीकरण दिँदै गरेको भेटिनुभयो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका धामीझाँक्रीहरुको धनगढीमा आज सुरु भएको सम्मेलनका क्रममा उहाँले धामीझाँक्रीप्रति समाजमा बेलाबखत लगाउने गरिएको गलत आरोपको खण्डन पनि गर्नुभयो ।

आफूहरु जबरजस्ती देवताका धामी नभएको जिकिर गर्दै उहाँले भन्नुभयो, “हामीलाई धामी भनिने गरिए पनि हामी देवताले रोजेका देवदूत हौँ, धामी होइनौँ, आ–आफ्नो संस्कार, धर्म, परम्पराभित्र रहेर सबै मानवले स्वस्थ र सम्मानका साथ बाँच्न पाउनुपर्छ भन्नेमा आफूहरु प्रतिबद्ध छौँ ।”

‘मर्यादित महिनावारीका लागि धामीझाँक्री सम्मेलन’ नामको उक्त सम्मेलनमा अछामलगायतका जिल्लामा महिनावारी भएका महिलाका लागि बस्न बनाइएको छाउगोठ विगतमा भत्काइएको घटना राम्रो नभएको बुझाइ धामीहरुको छ । उहाँहरुले भन्नुभयो, “भित्रै मनदेखि छाउगोठ भत्काएको भए देवीदेवताले पनि मान्थे होला, जबरजस्ती छाउगोठ भत्काइँदा गोठ भत्काउन सहभागी कतिपय व्यक्तिलाई देवीदेवता लागेको र सुख नभएको भन्ने सुनिएको छ ।” महिला र पुरुषमा चेतनाको अभाव हुँदा समाज पिछडिनुपरेको उहाँहरुको धारणा छ ।

मुगु जिल्लाको सोरु गाउँपालिका–२ को दुर्गा भवानीदेवीका धामी जगतबहादुर मल्लले कुनै पनि व्यक्ति स्व–इच्छाले देवताको धामी हुन नसक्ने र देवी प्रकट हुनसक्ने व्यक्ति मात्र धामी हुने भन्दै समाजलाई सही मार्गमा डो¥याउन आफूहरुको भूमिका रहेको बताउनुहुन्छ ।

“देवीदेवता लागेर बिरामी भएको व्यक्तिलाई डाक्टरले उपचार गर्न सक्दैनन्, डाक्टरले औषधि गर्नुपर्ने बिरामीलाई धामीझाँक्रीले उपचार गर्न सक्दैनन्”, उहाँले भन्नुभयो, ‘‘एक वर्षअघि भारत र नेपालका अस्पतालमा उपचारका लागि लाखौँ रकम खर्च गरेर पनि निको नभएका दाङका एक पुरुषलाई आफूमा प्रकट भएको देवीले निको पारेको घटना ताजै छ ।” उहाँले अहिलेको परिवर्तनशील युगमा देवीदेवताको कानून र देशको संविधान दुवैलाई मानेर धामीझाँक्रीले आफ्ना गतिविधि गर्न जरुरी भइसकेको बताउनुभयो ।

परम्परागत स्वास्थ्य सेवा प्रदायकका रूपमा धामीझाँक्रीहरुले समाजमा भूमिका निर्वाह गर्दै आएको परिप्रेक्ष्यमा उनीहरुको सहभागितामा धनगढीमा सम्मेलन गरिएको हो । सम्मेलनमा मर्यादित महिनावारीको विषयमा छलफल हुन लागेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका आउजीले सम्मेलनमा मर्यादित महिनावारीका साथै जनस्वास्थ्यका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिनावारी भएको महिलाले पाँच दिनसम्म शुद्ध, स्वस्थ र सुरक्षित रहेर बस्नुपर्छ भन्ने हो, आफू गलत काम र व्यवहार गर्ने मान्छेले दोष देवीदेवतालाई लगाउनु राम्रो होइन ।”

महिनावारीका बेला अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशका महिला तथा किशोरीहरु बढी जोखिमा रहने गरेको बताइन्छ । सूचना र प्रविधिको विकाससँगै रीतिरिवाज, परम्परा, संस्कारभित्रका अशोभनीय गतिविधि एवं व्यवहारमा सकारात्मक परिवर्तन भइरहेको देखिए पनि कतिपय समाजमा अन्धविश्वास र कुसंस्कार पूर्णरूपमा हट्न सकेको छैन ।

धामी झाँक्रीहरुले स्वास्थ्य उपचारका क्षेत्रमा नमूनाका रूपमा आफ्नो भूमिका निर्वाह गर्न गराउन टेवा पु¥याउन सकुन् भन्ने उद्देश्य सम्मेलनको आयोजना गरिएको भनाइ आयोजक संस्थाको छ ।

निश्चित समय पुगेपछि महिला तथा किशोरीहरु महिनावारी हुने प्रक्रियालाई प्राकृतिक मानिन्छ । महिनावारी भएको बेला महिला तथा किशोरीलाई घरपरिवारले शौचालय प्रयोग गर्न नदिने, दूध तथा अन्य पोषिलो खाने कुरा खान नदिने, परिवारभित्र सुत्न नदिई सुत्नका लागि छुट्टै व्यवस्था गर्ने, विद्यालयमा व्यवस्थित शौचालयल र पानीको व्यवस्था नहुने, महिनावारी हुने किशोरी विद्यालय जान नहुने जस्ता व्यवहार एवं चुनौती विद्यमान छन् । जसका कारण महिनावारी भएका किशोरी तथा महिलाहरुले आफ्नो स्वास्थ्यमा हानी पुग्ने विभिन्न किसिमका अप्ठ्यारा एवं चुनौतीहरु सामना गर्नुपरेको बताइन्छ । महिनावारी भएको बेला कतिपय ठाउँमा खानपान, बस्ने ठाउँ, सरसफाइ स्वच्छतालगायतमा नचाहिँदो बन्देज लगाइने गरिएको पाइन्छ ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) र गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा आयोजित तीन दिने उक्त सम्मेलनमा महिला पुरुष धामीझाँक्री, किशोरी, महिला, विभिन्न पालिकाका उपप्रमुख÷उपाध्यक्ष, सङ्घसंस्था र कार्यालयका प्रतिनिधि सहभागी रहेका छन् ।

संस्थाले दुई दशकदेखि विपन्न वर्ग खास गरी बालबालिकाको जीवनस्तर सुधार गर्न बाल संरक्षण, शिक्षा, आयआर्जन, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र पैरवी जस्ता क्षेत्रमा काम गर्दै आएको छ ।

बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.