काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण र सक्रिय संक्रमितको संख्या उकालो लागिरहेकाले सतर्क रहन आग्रह गरेको छ ।
मन्त्रालयले पछिल्ला १९ दिनको तथ्यांक सार्वजनिक गर्दै संक्रमण निरन्तर बढिरहेकाले जनस्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र छुटेकाहरूलाई खोप लगाउन अनुरोध गरेको छ ।
मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार १४४ पुगेको छ । कोरोनाका कारण साउनका १७ दिनमा १६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।
