• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ३ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ३ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ३ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

निजामती कर्मचारी अस्पतालमा विद्युतीय माध्यमबाट भुक्तानी सेवा शुरु

  •  शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले अनलाइन (विद्युतीय) माध्यमबाट भुक्तानी सेवाको सुरुआत गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले अनलाइन माध्यमबाट भुक्तानी सेवाको आज सुरुआत गर्नुभयो ।

अनलाइनबाट भुक्तानी सेवाको सुरुआत गरेपछि अब सेवाग्राहीले मोबाइल बैङ्किङबाट अस्पतालको स्वास्थ्य सेवा बापतको पैसा तिर्न सक्नेछन् ।

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले सूचना प्रविधिलाई प्रयोग गरेर छिटोछरितोका लागि भुक्तानी सेवा सुरुआत गरिएको जानकारी दिनुभयो ।

“अब बिरामीले कुनै पनि स्वास्थ्य परीक्षणका लागि लाइन लागेर पैसा तिर्नु पर्दैन”, उहाँले भन्नुभयो, “परीक्षणको शुल्क कति लाग्छ भन्ने हामीले जानकारी दिन्छाँै । सोही आधारमा क्युआर कोडका माध्यमबाट अनलाइन भुक्तानी गर्न सक्नुहुनेछ ।”

पूरै शरीर (होलबडी) को स्वास्थ्य परीक्षणका लागि घरबाट पैसा तिरी अस्पतालमा आएर परीक्षण गराउन सकिनेछ । अनलाइन सेवा अस्पतालको वेबसाइट वा एपबाट सेवाग्राहीले पाउने छन् ।

यस्तै अस्पतालले ५० प्रतिशत टिकट पनि अनलाइनबाट नै काट्ने व्यवस्था मिलाएको अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अनलाइनबाट काटिने ५० प्रतिशतमा पनि आधा निजामती कर्मचारी र आधा सर्वसाधारणका लागि छुट्याइएको छ ।

५० प्रतिशत टिकट भनेर लाइन लागेर काट्ने व्यवस्था गरिएको छ । यसअघि २५ प्रतिशत टिकट अस्पतालले अनलाइनबाट काट्ने व्यवस्था गरेको थियो ।

“अनलाइनबाट टिकट काटेर बिरामीले सिधै चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउन सक्छन्”, उहाँले भन्नुभयो, “हाम्रो प्राविधिक काम सकेपछि शतप्रतिशत बिरामीले अनलाइनबाट टिकट काटेर उपचार सेवा लिन सक्नेछन् ।”

यस्तै अस्पतालले टिकट काटिसकेका बिरामीको चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउने पालो पनि अब ‘डिस्प्ले’मार्फत हेर्न सकिने व्यवस्थासमेत गरिएको छ । बिरामीको पालो डिस्प्लेमा देखाएअनुसार चिकित्सकलाई आफ्नो स्वास्थ्य परीक्षण गराउनेछन् ।

डिस्प्लेमा अस्पतालमा कुन चिकित्सक कति नम्बर कोठामा, शय्या कति खाली र कति भरिएका छन् भन्ने कुराको जानकारीसमेत दिइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले बिस्तारै अस्पताललाई ‘डिजिटलाइज्ड’ गराइने बताउनुभयो । चीन सरकारको सहयोगमा निर्माण भएको अस्पतालमा अहिले दैनिक औसत ८०० बिरामी उपचार गर्न आउने गर्दछन् ।रासस

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.