• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • १८ मिनेट 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • १ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • १८ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • १८ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • १८ घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • १९ घण्टा 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • २१ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • २३ घण्टा 

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ९. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • १०. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

सरकारलाई गाभीले क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप उपलब्ध गराउने

  •  सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित

काठमाडौँ । सरकारलाई भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउनको अन्तिम साता गाभीसँग खोप माग गर्दै प्रस्ताव गरेकामा उक्त प्रस्ताव स्वीकार गर्दै खोप उपलब्ध गराउने भएको हो । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले गाभीले आफूहरुले पठाएको प्रस्ताव स्वीकृत गर्दै एचपिभी खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताउनुभयो ।

महाशाखाले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि खोप माग गरेको थियो । “हामीले माग गरिएको प्रस्तावलाई गाभीले स्वीकार गरेको कुरा हामीलाई प्राविधिकरुपमा जानकारी आएको छ”, उहाँले भन्नुभयो, “अब बस्ने गाभीको बोर्ड बैठकले हामीलाई खोप उपलब्ध गराउने छ ।”

गाभीसँग सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि १७ लाख मात्रा ‘एचपिभी’ खोप माग गर्दै प्रस्ताव पेस गरेको थियो । खोप आएपछि अभियानका सञ्चालन गरेर किशोरीलाई खोप लगाइनेछ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ अन्तिम साता करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ लगाएको थियो ।

महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरलाई बचाउने भएकाले देशभरिका किशोरीलाई एचपिभी खोप लगाउनका लागि खोप माग गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप १० देखि १४ वर्षका किशोरीलाई लगाइनेछ । उक्त उमेर समूहका किशोरी १६ लाख ५० हजार रहेका छन् । नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने तथ्याङ्क छ । विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तन क्यान्सर हुने गरेको तथ्याङ्क छ । सन् २०२२ को तथ्याङ्कमध्ये दुई हजार दुई सय ४४ जना महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो ।

उहाँले एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताउनुभयो । यसअघि सरकारले चितवन र कास्कीमा सन् २०१६÷०१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रुपमा सञ्चालन गरेको थियो । उहाँले भदौमा गरिएको खोप अभियानमा खोप लगाउनमा किशोरीमा उत्साह पाइएकाले अब समुदायस्तरमा गएर एचपिभी खोप लगाउने बताउनुभयो ।

क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको बताउनुभयो । उहाँका अनुसार असुरक्षित यौनसम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको छ । विश्वस्वास्थ्य सङ्गठनको (डब्लुएचओ) को तथ्याङ्कअनुसार हरेक दिन नेपालमा छ महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको छ । रासस

सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.