कोलम्बो ।श्रीलङ्काले शनिबारदेखि दादुरा खोप अभियान शुरु गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशका नौ जिल्लाका १ हजार ६ सय केन्द्रमा अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव पालिथा महिपालले ६ देखि ९ महिनासम्मका बालबालिकालाई पूरक खुराक दिइने जनाकारी दिनु भएको छ ।
उहाँले सन् २०१९ मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दादुरा उन्मूलन गर्ने देशको रुपमा श्रीलङ्कालाई मान्यता दिएको थियो तर सन् २०२३ मे देखि ७४० जनामा संक्रमण देखिएपछि थप खोप अभियान शुरु गरिएको उहाँले बताउनु भएको छ।
संयुक्त राष्ट्रसंघीय बाल कोष र डब्लुएचओको सहयोगमा सो कार्यक्रम दुई चरणमा लागू हुनेछ । रासस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
