स्तन क्यान्सर विरामीहरुको अवस्था :
विश्वमा करिव २३ लाख जति स्तन क्यान्सर प्रभावित छन् । जसमध्ये ६ लाख पचास हजारको मृत्यु भईसकेको छ । सन् २०२० सम्म ७८ लाख स्तन क्यान्सरका विरामी ५ बर्ष भित्र पत्ता लागेको थियो । नेपालको सन्दर्भमा यसले स्तन क्यान्सरको भयावह अवस्था देखाउँछ । नेपालको सन्दर्भमा २०१२ मा (GLOBOCAN) ले गरेको सर्भेमा प्रत्येक १ लाखमा १४ जना स्तन क्यान्सर भएको पाइएको छ । यसैलाई आधार मान्ने हो भने पनि नेपालमा ५ बर्ष भित्र ३० हजार जति स्तन क्यान्सरका विरामी हुन्छन् ।