• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • १६ घण्टा 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • १७ घण्टा 

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो
  • १७ घण्टा 

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
  • १७ घण्टा 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
  • १७ घण्टा 

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • २३ घण्टा 

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • २ दिन 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • २ दिन 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • २ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ६. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ७. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ८. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ९. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • १०. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम

  •  बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित

काठमाडौँ । आज विश्व औलो दिवस । ‘औलोविरुद्धको लडार्इंलाई तीव्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको हो ।

जनस्वास्थ्य कार्यालय काठमाडौँले आज औलो दिवसका अवसरमा सञ्चारकर्मीसँग गरिएको अन्तक्र्रियामा कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले औलोको प्रकोप जोखिम घटे पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा औलाका बिरामी कम भए पनि विदेशबाट आएकालाई परीक्षण गर्दा देखिएको गरेको बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ काठमाडौँमा जिल्लामा १७ जना औलाका नयाँ बिरामी देखिएको छन् । “यहाँ औलोको जोखिम छैन । तर विदेशबाट आएका मानिसले औला रोग ल्याएर आउन सक्छन्”, उहाँले भन्नुभयो, “दक्षिण अफ्रिकालगायत देशबाट आएका मानिसमा परीक्षण गराउँदा औलो देखिएको छ ।”

सरकारले सन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने अभियानका साथ नेपाल औलो रणनीतिक योजना २०१४–२०२५ सञ्चालन गरेको छ । सोहीअनुसार सन् २०२३, २०२४ र २०२५ भित्रमा स्थानीय तहमा औलो बिरामीको सङ्ख्या शून्यमा झार्ने र औलोको स्थानीय सर्ने दर शून्यमा पार्ने लक्ष्य लिएको छ । सरकारले सन् १९९४ देखि औलो उन्मूलन गर्ने अभियान सञ्चालन गरे पनि अहिलेसम्म नेपाल औलोमुक्त मुलुक बन्ने सकेको छैन ।

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रविना कर्मचार्यले चन्द्रागिरि नगरपालिका–४ बाहेक काठमाडौँका कुनै पनि वडा औलोका जोखिम नभएको बताउनुभयो । “चन्द्रागिरि नपा–४ मा एक दुई वटा औलोका बिरामी देखिएर कम जोखिम भएको छ”, उहाँले भन्नुभयो, “ती वडाको कूल जनसङ्ख्याको ५ प्रतिशत जनसङ्ख्या अलि कम जोखिममा हामीले राखेको छौँ ।”

काठमाडौँ जिल्लामा आर्थिक वर्ष २०७८÷७९ मा १३ जना, २०७९÷८० मा १७ र २०८०÷८१ मा पनि १७ जनामा औलोका बिरामी देखिएको उहाँको भनाइ छ । यस्तै कोशी प्रदेशमा १३ जना, मधेस प्रदेशमा ७५ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा दुई सय ३३, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा एक सय ७६ जनामा औलो देखिएको छ ।

औलो एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग हो । औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी चुस्दछ र लामखुट्टे सङ्क्रमित हुन जान्छ । त्यसता सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्दछ ।

औलो रोग सर्ने तरिका

गर्भमा रहेको बच्चामा बिरामीलाई रगत दिँदा वा रगत दान गर्ने व्यक्तिमा औलो रोग छ भने औलो बिरामीमा प्रयोग गरिएका खोप निर्मलीकरण नगरी स्वस्थ व्यक्तिमा प्रयोग गरिएमा औलो रोग सर्ने सम्भावना हुन्छ ।

औलोका लक्षण

जनस्वास्थ्य कार्यालयका प्रमुख डा सापकोटाका अनुसार लामुखुट्टेले टोकेको एक हप्तापछि औलोका लक्षण देखिन्छन् । उहाँका अनुसार टाउको दुख्नु, थकाइ लाग्नु, वाकवाकी लाग्नु, अत्यधिक जाडो हुनु, ज्वरो आउनु, बान्ता हुनु र जीउ दुख्नु यसका लक्षण हुन् ।

रोकथाम र नियन्त्रणका उपाय

लामखुट्टेको प्रजनन कम गर्ने, आयु छोट््याउने वा घनत्व कम गर्ने, मानिस र लामखुट्टेको सम्पर्कलाई कम गर्ने उपाय अपनाउनु पर्दछ । औलोविरुद्धको औषधि नरहेकाले लामखुट्टेको रोकथाम नै यसको उपचार हो ।

लामखुट्टेका लार्भा घटाउन लार्भा खाने माछा पाल्ने वा औषधि छर्कने, लार्भा मार्ने जस्तै तेल, रसायन तथा लुगा वा छालामा लामखुट्टे भगाउने औषधि प्रयोग गर्ने, यसबाट बच्न रातमा सुरक्षात्मक लुगा लगाउने, झुलको प्रयोग गर्ने र कीटनाशक विषादी भएको धूप प्रयोग गरेर लामखुट्टेको नियन्त्रण गर्ने तथा सधै झुल टाँगेर सुत्ने गर्नुपर्दछ । रासस

बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

ताजा

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.