सुरेश अधिकारी ।
१) स्वास्थ्य क्षेत्रमा प्रवेश :
स्वास्थ्य क्षेत्रको मेरो पहिलो खुड्किलो २०४० सालदेखि २०४४ सालसम्म विस्तारित खोप आयोजना क्षेत्रीय कार्यालय, हेटौँडामा स्टोर तथा खोपसम्बन्धी कोल्डचेन शाखामा कार्य गर्ने अवसर मिल्यो ।
त्यसपछि २०४४ सालदेखि तात्कालीन सरकारले बिस्तारित खोप आयोजना (ऋएक्ष्) लाई क्ष्लमष्नयक भएर जनस्वास्थ्यमा गाभियो । तत्तपश्चात् २०४४ सालदेखि २०४८ श्रावणसम्म जनस्वास्थ्य कार्यालय, चितवनमा कोल्डचेन शाखामा सरुवा भई कार्य गरियो ।
२०४८ सालमा ऐच्छिक अवकाश लिएपछि नेपाल परिवार नियोजन शाखा, मकवानपुरमा जिल्लामा सुपरभाइजर भई २०४८ सालदेखि २०५० सम्म कार्य गर्ने अवसर मिल्यो ।
२०५० सालदेखि ‘मिलन फार्मेसी’ नामको औषधि पसल खोलेर हालसम्म निरन्तर रूपमा सञ्चालन गर्दे आएको छु । ओरिएन्टेसन (फर्मासिस्ट) तालिमपछि औषधि बिक्रेता मात्रमा सीमित रहन सकिएन र परामर्शकर्ताको रूपमा निरन्तर रहन सिएमए सम्मको अध्ययन पनि गरें ।
जिल्लामा भएका स्वास्थ्य सम्बन्धी गतिविधि तथा कार्यक्रम एवं स्वास्थ्य शिविरमा आफ्नो सक्रियता जनाईरहेको छु । खासगरी चितवन महोत्सव जस्ता गतिविधिमा स्वास्थ्यको लागि गर्नुपर्ने भूमिकामा मेरो पूर्ण सहभागिता रहँदै आएको छ । स्थानीय, गैरसरकारी, सरकारी, अन्तर्राष्ट्रिय र सरकारी संस्थाको कार्यक्रममा हातेमालो गर्दै आएको छु ।
२) पत्रकारिता क्षेत्रको अनुभव
सर्वप्रथम मैले पत्रकारिता २०४० सालदेखि कार्य गर्न शुरु गरेको हुंँ । २०४० सालमा ‘मालिङ्गो साप्ताहिक’बाट पत्रकारिता लेखन कार्य शुरु भएको हो । वीरगञ्जबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाको मकवानपुर र चितवनको संवाददाता भएर २०५० सालसम्म कार्य गरियो । उक्त समयमा पञ्चायतकालीन अवस्था जर्जर थियो ।
त्यसकारण म लगायत सबैजसो पत्रकारले उपनाम (सुशील, उत्तम, मित्र आदि) बाट समाचार पठाउने गर्थे । २०५० सालदेखि २०५१ सम्म लोकपत्र दैनिक, काठमाडौँ, क्षेत्र चितवन, नवलपरासी, विशेष संवाददाता, त्यसपछि आफ्नै सम्पादन÷प्रकाशनमा साप्ताहिक नारायणी सञ्चालन गरेंँ ।
क्रमशः सह– सम्पादक भई पारदर्शी साप्ताहिकमा काम गर्दै , लोकपत्र दैनिकमा कार्य गरें र नारायणी दैनिक खबर पत्रिकामा सम्पादक÷प्रकाशक भई काम गरेको मेरो लामो अनुुभव छ । हाल जनअर्पण साप्ताहिकमा प्रमुख संवाददाता भई काम गरिरहेको छु ।
‘रिटायर्ड’ जीवनका चाहना ः
१) मेरो धार्मिक तथा सामाजिक क्षेत्रमा प्रभावकारी भूमिका रहने छ ।
२) ऐतिहासिक क्षेत्रको भ्रमण रहने छ ।
३) लामो फुर्सद निकालेर छिमेकी देशहरूको अवलोकन भ्रमण रहने ईच्छा छ ।
४) जीवनका भोगाईका बायोग्राफी प्रकाशित गर्ने जमर्को गर्नेछु ।
५) आफन्त, भाई–बन्धु, ईष्ट–मित्रहरूसँग पुनर्ताजगी गर्न भेटघाटलाई तीब्रता दिनेछु ।
६) सबैमा सकारात्मक सोचको विकास गर्ने उद्धेश्य सहित यस्ता बिषयमा कार्यपत्र प्रस्तुतीकरण गर्ने मेरो योजना छ ।
(लेखक अधिकारी चितवन स्थित मिलन फार्मेसीमा बरिष्ठ स्वास्थ्यकर्मीको रुपमा कार्यरत हुनुहुन्छ । )