• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • १३ घण्टा 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • १४ घण्टा 

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो
  • १४ घण्टा 

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
  • १४ घण्टा 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
  • १४ घण्टा 

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • २० घण्टा 

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • २ दिन 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • २ दिन 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • २ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ३. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ६. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ७. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ८. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • ९. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • १०. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

काठमाडौँको वायु अझै अस्वस्थ

  •  आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित

काठमाडौँ । आज फेरि काठमाडौँ वायुप्रदूषणका हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ७७ पुगेको छ ।

गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ९५ पुगेको थियो । शनिबार भने घटेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ८५ रहेको थियो ।

‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित सहरका रुपमा भने भारतको दिल्ली सहर सूचीकृत भएको छ । डिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो स्थानमा चीनको बेइजिङ सहर विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ ।

सुक्खायामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायामसँगै मुलुकका विभिन्न स्थानमा लागिरहेको डढेलो नियन्त्रण हुन नसक्दा काठमाडौँ उपत्यकालगायतका मुख्य सहरमा प्रदूषण बढेर वायु नै अस्वस्थ रहेको छ ।

नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको भन्दै सतर्कता अपनाउन वातावरण विभागले अनुरोध गरेको छ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोको धुवाँका कारण वायु अस्वस्थ्य भएको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको हो ।

विभागका अनुसार यस अवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आद्र्रता र सुक्खा मौसमजस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारण जस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुवाँ धुलोबाट वायुप्रदूषण हुने गरेको पाइएको छ । विभागका महानिर्देशक भूपाल बराललले पछिल्लो समय बढ्दै गइरहको वन डढेलोको कारण प्रदूषण बढेको भन्दै अन्तरनिकायबीचको समन्वय बढाएर डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

“हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोको कारणले धन जनको क्षतिका विवरण प्राप्त भइरहेका छन्”, उहाँले भन्नुभयो, “भू–उपग्रहको तथ्याङ्क विश्लेषणबाट प्राप्त विवरणबमोजिम सन् २०२४ को सुरुआतबाट हालसम्म एक हजार छ सय ५३ वटा डढेलो तथा आगलागीका घटना भएको देखिन्छ । पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालको अधिकांश भूभागमा वायुप्रदूषण बढेको पाइएको छ ।”

डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागि रहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको भन्दै डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआइ ५० राम्रो अर्थात् हरियो चिन्हले चिनिन्छ । “५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार होऔँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ्य जसमा श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ ।” उहाँले भन्नुभयो, “१५१ देखि २०० देखिको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथका रुपमा लिइन्छ र ३०१ देखि चार सयलाई खतरनाक र चार सय एक देखि ५० लाई धेरै खतरा मानिएको छ ।”

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ । रासस

आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

ताजा

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.