• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • १० घण्टा 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • १० घण्टा 

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो
  • ११ घण्टा 

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
  • ११ घण्टा 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
  • ११ घण्टा 

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • १७ घण्टा 

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १ दिन 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १ दिन 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ६. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ७. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ८. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ९. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • १०. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

छ वर्षमा पदयात्रामा जाने छ हजार दुई सय ७२ नेपालीको निःशुल्क उपचार

  •  मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित

काठमाडौँ । हिमालयन उद्धार सङ्घले छ वर्षमा पदयात्रामा जाने छ हजार दुई सय ७२ नेपालीको निःशुल्क उपचार गरेको छ । विगत ५० वर्षदेखि पर्वतीय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पदयात्रीको उपचारमा सक्रिय सङ्घले सगरमाथा, मनाङ र गोसाइँकुण्ड क्षेत्रमा जानेह नेपालीको निःशुल्क उपचार गरेको हो ।

सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी नेपाली पदयात्रीलाई निःशुल्क र विदेशी पदयात्रीलाई थोरै शुल्क लिएर स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले जानकारी दिनुभयो ।

त्यस्तै, सो सङ्घले जनैपूर्णिमा मेलाका अवसरमा रसुवाको गोसाइँकुण्डमासमेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । सङ्घले सन् २०१९ मा एक हजार पाँच सय ८४ जना, सन् २०२० मा ९९ जना, सन् २०२१ मा सात सय ८५ जना, सन् २०२२ मा एक हजार तीन सय ८५ जना, सन् २०२३ मा एक हजार नौ सय ६९ जना र सन् २०२४ को हालसम्म चार सय ५० नेपाली पदयात्रीलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गरेको छ ।

सङ्घले छ वर्षमा दुई हजार पाँच सय ७४ विदेशी पर्वतीय पदयात्रीलाईसमेत स्वास्थ्यसेवा प्रदान गरेको छ । सन् २०१९ मा एक हजार एक सय १६ जना, सन् २०२० मा १६ जना, सन् २०२१ मा एक सय ५१ जना, सन् २०२२ मा ५०५ जना, सन् २०२३ मा छ सय ३५ जना र सन् २०२४ को हालसम्म एक सय ५१ विदेशी पदयात्रीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

वसन्त ऋतुको आगमनसँगै सङ्घले गत चैतदेखि आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विस २०३० मा स्थापना भएको सङ्घले चैतमा वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु र मनाङको तीन स्थानमा पठाएको हो ।

हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन तालिम दिएर स्वयंसेवी चिकित्सक परिचालन गरिएको सङ्घका अध्यक्ष डम्बर पराजुलीले बताउनुभयो । सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा दुई÷दुई विदेशी चिकित्सकले स्वास्थ्यसेवा प्रदान गर्दै आएका छन् ।

मनाङ स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा प्याट्रिक जुलियन टिम्स र डा थोमस रोस म्याकफार्लेन, फेरिचे स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा क्याथरिन अन्ना ग्रेला र अमेरिकी चिकित्सक डा ब्रायन मिचेल स्ट्रिकल्यान्ड तथा सगरमाथा आधार शिविरमा अमेरिकी चिकित्सक डा ग्रेगरी ह्यू स्टिलर र नेपाली चिकित्सकद्वय डा निशान्त जोशी र डा श्रेयसी कार्कीको टोली खटिएको छ ।

सङ्घका अध्यक्ष पराजुलीले कार्यक्षेत्रमा खटिएका स्वयंसेवक चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको बताउनुभयो । सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको अध्यक्ष पराजुलीको भनाइ छ ।

सो सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारीका साथै अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ । फेरिचेमा सन् १७७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । रासस

मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

ताजा

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.