काठमाडौँ । ‘नेपाल हेल्थ प्रेस डटकम’को प्रधानसम्पादकमा पत्रकार अतुल मिश्र नियुक्त हुनुभएको छ । ‘जयानन्द मिडिया प्रालि’को सञ्चालक समिति बैठकले उहाँलाई प्रधानसम्पादकमा नियुक्त गरेको हो ।
झण्डै २७ वर्ष कान्तिपुर दैनिकमा पत्रकारिता गर्नुभएका मिश्रको विज्ञान र स्वास्थ्य पत्रकारितामा विशेष विज्ञता रहेको छ । उहाँ ‘सोसाइटी अफ हेल्थ केयर जर्नालिस्ट’को अध्यक्षसमेत हुनुहुन्छ ।
मिश्रले राष्ट्रिय स्तरमा उत्कृष्ट स्वास्थ्य र विज्ञान पत्रकारिता पुरस्कार र विभिन्न सम्मान प्राप्त गर्नुभएको छ । पछिल्लो समय उहाँलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले राष्ट्रिय विज्ञान पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको थियो । रासस
