• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • ६ घण्टा 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • ६ घण्टा 

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो
  • ७ घण्टा 

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
  • ७ घण्टा 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
  • ७ घण्टा 

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • १२ घण्टा 

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १ दिन 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १ दिन 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ३. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ६. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ७. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ८. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ९. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • १०. इबोला प्रकोपले बढायो विश्व चिन्ता

पोलियोविरुद्धको खोप प्रभावकारी, बालबालिकालाई आग्रह

  •  आइतबार, जेठ १३, २०८१ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाले पोलियोविरुद्धको ‘आइपिभी’ खोपको प्रभावकारिता रहेकाले आफ्ना बालबालिकालाई लगाउन आभिभावकलाई आग्रह गरेको छ ।

आजदेखि देशभरिका बालबालिकालाई लगाउन सुरु गरिएको आइपिभी खोपको प्रभावकारिता ९८ प्रतिशत रहेको अध्ययन देखाएकाले छुटेका सबैले अनिवार्य खोप लगाउनुपर्ने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले बताउनुभयो ।

“खोपको प्रभावकरिता उच्च रहेको छ । त्यसैले ढुक्क भएर अभिभावकले आफ्ना बालबालिकालाई स्कुलमा गएर खोप लगाउनुहुन आग्रह गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पोलियोविरुद्धको खोप नलगाएका बालबालिकामा यसको जोखिम रहेकाले खोप लगाउन अनुरोध गरेका हौँ ।”

सरकारले आजदेखि विसं २०७३ वैशाखदेखि विसं २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभी’ लगाउँदै छ ।

नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकीमूलुक पाकिस्तान र अफगानिस्तानमा सङ्क्रमण देखिएकाले खोप अभियान सञ्चालन गरिएको खोप शाखाका प्रमुख डा गौतमले बताउनुभयो । उहाँका अनुसार अभियान यही यही जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले खोप लगाउन छुटेका बालबालिकालाई पोलियो लाग्ने सम्भावना रहेकाले पोलियोबाट बचाउन खोप अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले खोप लगाउने बालबालिका विद्यालयमा हुने भएकाले विद्यालयमा खोप केन्द्र राखिएको जानकारी दिनुभयो । विद्यालय नजाने बालबालिकाका लागि अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने डा पोखरेलले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गिता कौशल मिश्राले विभिन्न किसिमका रोगबाट बालबालिकालाई बचाउन सरकारले विगत चार दशकदेखि नेपालका खोप अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले खोप लगाउन छुटेका बालबालिकालाई पोलियो लाग्ने उच्च जोखिम रहेकाले अभियान सञ्चालन गर्नुपरेको बताउनुभयो ।

परिबार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपबाट बचाउन सकिने रोगमध्ये पोलियो रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभयो । पोलियो रोग जुनसुकै उमेर समूहमा लाग्ने भए पनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा रहने उहाँको भनाइ छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा लालले सरकारले सञ्चालन गरेको अभियानबाट खोप लगाएर आफ्ना बालबालिकालाई पोलियोबाट सुरक्षित गराउन अनुरोध गर्नुभयो ।

“पोलियो विश्वबाट उन्मूलन हुन अन्तिम अवस्थामा पुगेको छ । विश्वबाट उन्मूलन नभएसम्म नेपालमा पनि यसको जोखिम रहिरहन्छ”, उहाँले भन्नुभयो, “नेपालमा पोलियोको सङ्क्रमण नदेखिए पनि रोगविरुद्धको खोप लगाउन छुटेका बालबालिकामा जोखिम उच्च रहन्छ । तसर्थ खोप अभियान सञ्चालन गरेका हौँ ।”रासस

आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

ताजा

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.