• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
  • १९ मिनेट 

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • २ घण्टा 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ३ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • १९ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • २० घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • २० घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • २१ घण्टा 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • २३ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ९. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • १०. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

पर्वतीय पदयात्रामा जाने यात्रुको उपचार

  •  बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित

काठमाडौँ । हिमालय उद्धार सङ्घले वसन्त ऋतुमा पर्वतीय पदयात्रामा जाने एक हजार बढी स्वदेशी तथा विदेशी यात्रीको उपचार गरेको छ ।

विगत ५० वर्षदेखि पर्वतीय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पदयात्रीको उपचारमा सक्रिय सङ्घले वसन्त ऋतुमा सगरमाथा र मनाङ क्षेत्रमा जाने एक हजार एक सय ५३ नेपाली तथा विदेशी पदयात्रीको उपचार गरेको हो ।

सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी नेपाली पदयात्रीलाई निःशुल्क र विदेशी पदयात्रीलाई थोरै शुल्क लिएर स्वास्थ्य सेवा प्रदान गरेको हो ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द बस्यालले वसन्त ऋतुमा मात्र एक हजार नौ सय नेपाली र तीन सय ४४ विदेशी बिरामीको स्वास्थ्योपचार गरेको राससलाई जानकारी दिनुभयो ।

सङ्घले मनाङ स्वास्थ्य चौकीमा एक सय ५१ नेपाली, एक सय छ विदेशी, फेरिचे स्वास्थ्य चौकीमा तीन सय २१ नेपाली, एक सय ३० विदेशी र सगरमाथा आधार शिविरमा पाँच सय ३७ नेपाली तथा एक सय आठ विदेशी बिरामीको स्वास्थ्योपचार गरेको हो ।

यसबाहेक पर्वतीय पदयात्रामा गएका नौ सय ८७ स्वदेशी तथा विदेशी पर्यटकलाई लेक लाग्ने समस्याका बारेमा जनचेतना प्रदान गरिएको थियो । सोही याममा एक सय ५० सिकिस्त बिरामी र पाँचजना बिरामीलाई घरमै गएर उपचार गरिएको सिइओ बस्यालले बताउनुभयो ।

वसन्त ऋतुको सुरुआतसँगै चैतदेखि आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटिएको थियो । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको सङ्घले चैतमा वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु तथा मनाङको तीन स्थानमा पठाएको थियो ।

सङ्घका अध्यक्ष डम्वर पराजुलीले वसन्त ऋतुको सुरुआतसँगै कार्यक्षेत्रमा खटिने स्वयंसेवक चिकित्सकलाई लेक लाग्ने तथा अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको बताउनुभयो । सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको छ ।

सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा अस्थायी स्वास्थ्य चौकी स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारीका साथै अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ । फेरिचेमा सन् १७७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अध्यक्ष पराजुलीले बताउनुभयो । रासस

बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.