• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १९, २०८३
बुधबार, कार्तिक १९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बघौडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
  • १३ घण्टा 

जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
  • १५ घण्टा 

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु
  • १६ घण्टा 

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा
  • १६ घण्टा 

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
  • १७ घण्टा 

योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री थापा
  • १७ घण्टा 

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
  • १९ घण्टा 

रुपन्देहीमा निःशुल्क योग साधना अभियान
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. १८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

  • ३. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ४. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ५. भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

  • ६. सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  • ७. राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

  • ८. नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने

  • ९. जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन

  • १०. मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’

  •  बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगञ्ज, रुपन्देहीको सिद्धार्थनगर, कैलालीको धनगढी र मोरङको विराटनगरमा तातो हावाको लहर (लू) प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत समुदायका लूबाट बच्ने उपाय र सार्वजनिक स्थानमा खानेपानी वितरण गरिरहेको छ ।

गर्मी याममा असामान्य रूपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ । बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने, हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने जनाइएको छ । साथै छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहँेलो हुने, श्वास फेर्न गाह्रो हुने र रक्तचाप कम हुने, एक सय चार डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिन सक्छ ।

सीमान्तकृत समुदाय लक्षित गरी लू सम्बन्धी जनचेतनाका गतिविधिहरू सञ्चालन भइरहेको यहाँस्थित आइएफआरसीले जनाएको छ । ‘हिट एक्सन डे’अर्थात् तातो हावा लू दिवस अवसरमा बुधबार आयोजित कार्यक्रममा आइएफआरसीका प्रमुख अजमद उल्लाले तातो हावा लूबाट प्रभावित नेपालको मधेस तराईका जिल्लामा नेपाल रेडक्रस सोसाइटी र आइएफआरसीका साझेदार राष्ट्रिय सोसाइटीहरूको सहकार्यमा प्रतिकार्य र न्यूनीकरणका गतिविधि सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लू प्रतिकार्य र न्यूनीकरणका लागि यहाँका परम्परागत ज्ञान र सीपलाई उपयोगमा ल्याउँदै थप अनुसन्धान गर्नुपर्छ । यसबाट पर्ने जोखिमलाई घटाउँदै जानुपर्छ । यसका लागि समुदायलाई नै सक्षम बनाउनुपर्दछ । ”

सो कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसआइडी)का इन्भाइरोमेन्ट एण्ड रिजिलियन्स कार्यालयका कार्यवाहक उपनिर्देशक डेभिड आरम्यानले लूबाट जोगिने उपायका बारेमा समुदायलाई पूर्वसचेत जगाउन आवश्यक रहेकामा जोड दिँदै जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने क्रम जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वव्यापी समस्याका रुपमा रहेको तातो हावा लूको प्रतिकार्यका लागि सम्बन्धित सबै पक्षको सहकार्य र समन्वय आवश्यक छ ।” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले हिट एक्सनका क्षेत्रमा सरकारको सहयोगीको रूपमा नेपाल रेडक्रसले स्थानीय निकायहरूसँग समन्वय गरी प्रतिकार्यका विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तातो हावाबाट पर्ने प्रभाव र लेखाजोखा अझ गम्भीर रूपमा हुनुपर्नेमा जोड दिँदै तातो हावासँग सम्बन्धित सूचना, शिक्षा र सञ्चार सामग्री विभिन्न स्थानीय भाषामा तयार गरी प्रकाशन, प्रसारण गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “यसका लागि सामाजिक सञ्जाल र एफएम रेडियो अझ प्रभावकारी र उपयोगी देखिएको छ । ”सो कार्यक्रममा युवा रेडक्रस सर्कलका स्वयंसेवकहरूले तातो हावाबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीका विषयमा सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा आइएफआरसीका साझेदार राष्ट्रिय सोसाइटी अमेरिकन, डेनिस, क्यानेडियन, ब्रिटिस रेडक्रसका प्रतिनिधि, युएसआइडी तथा बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका उच्च प्रतिनिधिको सहभागिता रहेको थियो । रासस

बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बघौडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार
आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

१८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

ताजा

बघौडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.