• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • १९ मिनेट 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • १ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • १८ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • १८ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • १८ घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • १९ घण्टा 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • २१ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • २३ घण्टा 

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ९. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • १०. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क तथा विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत् गर्ने योजना छ’

  •  बिहिबार, असार २१, २०८१ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने तथा विशेषज्ञ स्वास्थ्य सेवालाई बीमामार्फत् गर्ने योजना अघि बढाइएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री यादवले हरेक नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गरी निरोगिता र मृत्युदर घटाउने गरी स्वास्थ्य मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट केन्द्रित भएको बताउनुभयो ।

“आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने मन्त्रालयको रणनीति छ । यसका लागि पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, न्यायोचित स्रोत र साधनको वितरण, विषम भौगोलिक अवस्थासँगै आकस्मिक स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएको लगायतका चुनौती छन्”, मन्त्री यादवले भन्नुभयो, “यी चुनौतीको समाधान र दिगो विकासको लक्ष्य प्राप्तिमा व्यवस्थापिका र कार्यपालिकाका तर्फबाट सहयोगको खाँचो छ ।”

आधारभूत स्वास्थ्य सेवा निःशूल्क रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन र सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्न सकिएमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न लाग्ने व्यक्तिगत खर्च कम गर्न सकिने उहाँले बताउनुभयो । छ सय ५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना रहेकामा तीन सय ९६ अस्पतालका लागि मात्र स्रोत सुनिश्चित भएको उल्लेख गर्दै मन्त्री यादवले दुई सय ५९ अस्पतालको स्रोत सुनिश्चित नभएकाले स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयसँग माग गरिएको बताउनुभयो । हालसम्म चार सय १५ अस्पताल निर्माणाधीन अवस्थामा रहेका र ५० आधारभूत अस्पताल निर्माण भइसकेका उहाँले जानकारी दिनुभयो ।

निर्माणाधीन आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू र आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न गरी औजार उपकरण तथा जनशक्तिको व्यवस्था गर्न मन्त्रालयले प्राथमिकताकासाथ काम गरिरहेको मन्त्री यादवले बताउनुभयो । जनशक्ति व्यवस्थापन गर्न आधारभूत अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य अगाडि बढाइएको उहाँको भनाइ छ ।

स्थानीय तहका सबै आधारभूत अस्पताल र स्वास्थ्य संस्था सञ्चालन भएमा काठमाडौँ उपत्यकाभित्रका अस्पतालमा हुने भीडभाड घट्ने अपेक्षा गरिएको मन्त्री यादवले बताउनुभयो । दुर्गम हिमाली र पहाडी क्षेत्रमा आकस्मिक प्रसूति तथा शल्यक्रिया सेवा र महिलाको लागि आकस्मिक हेलिलिफ्ट सेवा उपलब्ध गराउन सरकारले पर्याप्त बजेट छुट्याएको उहाँले उल्लेख गर्नुभयो ।

सिंहदरबार वैद्यखाना विकास समिति खारेज गरेर अर्को मोडलबाट काम गर्न प्रस्ताव गरिएको मन्त्री यादवले बताउनुभयो । सरकारी स्वास्थ्यसंस्थाको सेवा प्रवाह राम्रो बनाउन विभिन्न नीतिगत तथा संरचनागत सुधारका काम भइरहेका उहाँले बताउनुभयो ।

“सरकारी अस्पतालको सङ्गठन संरचना धेरै पुरानो भएकाले बिरामीको बढ्दो चाप, नयाँ सेवा तथा विशेषज्ञता र नयाँ रोगभारको आधारमा सङ्गठन तथा संरचना समायोजन नभएकाले माग अनुसारको सेवा प्रदान गर्न सकिएको छैन”, मन्त्री यादवले भन्नुभयो, “यसलाई समाधान गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण निर्देशिका, २०६६ एवम् सङ्गठन संरचना र दरबन्दी पुनरावलोकनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ प्रयोग गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने कार्ययोजना छ ।” यसले स्वास्थ्य जनशक्तिको सही सङ्ख्या, उचित सीप, सही स्थान, उचित समयजस्ता विषय निक्र्यौल गर्न सहज हुने उहाँले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रको जनशक्ति विदेश पलायन भइरहेकामा चिन्ता व्यक्त गर्नुहुँदै मन्त्री यादवले यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो । “स्वास्थ्य जनशक्ति विदेश पलायन हुने प्रवृत्ति बढ्दै गएको छ । यसलाई रोक्न देशलाई आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने योजना आवश्यक छ” उहाँले भन्नुभयो ।

नीतिगत र कानुनी रूपमा दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मीको उपस्थिति सुनिश्चित गर्ने व्यवस्था गरिएको मन्त्री यादवको भनाइ छ । दुर्गममा काम गर्ने स्वास्थ्यकर्मीले अतिरिक्त भत्ता पाउने, बढुवाका लागि अतिरिक्त अङ्क पाउने, उच्च शिक्षा र तालिममा प्राथमिकता पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । त्यस्तै, छात्रवृत्तिमा पढेका चिकित्सकलाई काठमाडौँभित्र पदस्थापन नगर्ने नीति कार्यान्वयनमा रहेको मन्त्री यादवले जानकारी दिनुभयो । रासस

बिहिबार, असार २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.