काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री पौडेललाई आज सोमवार सपथ गराउनुभएको हो ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रदीप कुमार यादवले समाल्नुभएको थियो । साथै मन्त्री पौडेलले पदभार ग्रहरण गर्दै पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत समेत गर्नुभएको छ ।
