• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १७ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १७ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १७ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • २० घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • २१ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • २२ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ७. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ८. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ९. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • १०. भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

सन् २०२४ एड्सबाट जनस्वास्थ्यमा जोखिम अन्त्य गर्ने लक्ष्य हासिल गर्न निर्णायक बर्ष : राष्ट्रसङ्घ

  •  सोमबार, साउन ०७, २०८१ मा प्रकाशित

जेनेभा  । सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रुपमा अन्त्य गर्ने लक्ष्य हासिल गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा राजनीतिक नेताहरूले यस वर्ष गर्ने निर्णय निर्णायक हुने संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । सन् २०२३ को तथ्याङ्कले नयाँ सङ्क्रमणको सङ्ख्यामा विश्वव्यापी सुधार, एचआईभी सङ्क्रमित बिरामीको उपचार र मृत्युहुनेको सङ्ख्यामा कमी आएको देखाउँछ । यद्यपि, यूएनएड्सले यस्तो प्रगति कमजोर रहेको चेतावनी दिएको छ । राष्ट्रसङ्घको नयाँ प्रतिवेदनअनुसार करिब चार करोड मानिस एचआईभी भाइरसबाट पीडित छन् । सन् २०२२ को तुलनामा गत वर्ष करिब १३ लाख नयाँ सङ्क्रमित थपिएका थिए तर सन् १९९५ मा ३३ लाख व्यक्ति नयाँ सङ्क्रमित फेला परेको थियो । यो नै एड्सबाट नयाँ सङ्क्रमण भएका व्यक्तिको सबैभन्दा बढी सङ्ख्या थियो । पछि यो सङ्ख्यामा क्रमशः उल्लेखनीय गिरावट आएको हो । तर दीर्घकालीन प्रवृत्ति हेर्दा नियन्त्रणका लागि लिएको लक्ष्यमा पुग्न अझै धेरै टाढा रहेको देखिन्छ । यूएनएड्सले अर्को वर्षका निर्धारित तीन लाख ३० हजार नयाँ सङ्क्रमणमा सिमित गर्ने लक्ष्यभन्दा धेरै टाढा छ । सन् २०२२ मा एड्सका कारण मृत्यु हुनेको सङ्ख्या छ लाख ७० हजार रहेकोमा गत वर्ष छ लाख ३० हजारमा झरेको प्रतिवेदनमा उल्लेख छ । नियन्त्रणका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच एक प्रमुख मुद्दा हो । संसारभरिका करिब तीन करोड ४० लाख बिरामीहरूका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच बिस्तार गर्नु सन् २०२५ का लागि लक्ष्य रहेकोमा अझै पनि यो लक्ष्यमा पुग्न सकिएको छैन । तीन करोड ७० हजार व्यक्तिले एन्टिरेट्रोभाइरल औषधिको पहुँच पाएको देखिन्छ जुन लक्ष्यभन्दा निकै टाढा हो । यद्यपि, सन् २०१० मा यो पहुँच मात्र ७७ लाखमा सीमित थियो । पूर्वी र दक्षिणी अफ्रिका यसबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू रहेका छन्, जहाँ प्रति हजार २०.८ जना एचआईभी सङ्क्रमित छन् । गत वर्ष यो क्षेत्रमा थप चार लाख ५० हजार व्यक्ति सङ्क्रमित भएका थिए र दुई लाख ६० हजारको मृत्यु भएको थियो । यूएनएड्सका प्रमुख विनी ब्यानिमाले सन् २०३० को लक्ष्य हासिल गर्ने दिशामा विश्व सही बाटोमा नरहेको बताउनुभयो । “एचआईभी महामारीलाई बढावा दिने असमानताहरूलाई पर्याप्त रूपमा सम्बोधन गरिएको छैन,” ब्यानिमाले रिपोर्टमा भन्नुभएको छ । “एड्ससँग सम्बन्धित कारणले हरेक मिनेटमा एक व्यक्तिको मृत्यु हुन्छ,” उहाँले भन्नुभयो । लाञ्छना, भेदभाव र कहिलेकाहीं अपराधीकरणले निश्चित समूहलाई असर गर्छ र यसको परिणामस्वरूप सङ्क्रमण दर धेरै उच्च हुन्छ किनभने मानिसहरू खतरा बिना मद्दत र उपचार लिन चाहँदैनन् वा असमर्थ हुन्छन् । पूर्वी र दक्षिणी अफ्रिकामा १५ देखि ४९ वर्ष उमेर समूहका मानिसमा एड्सको प्रकोप ०.८ प्रतिशत छ भने कैदीहरूमा १.३ प्रतिशत र १५ देखि २४ वर्ष उमेर समूहका महिला तथा किशोरीहरूमा २.३ प्रतिशत छ । यौनकर्मी, लागूपदार्थको सुई लगाउने व्यक्ति, समलिङ्गी र पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुष र तेस्रोलिङ्गीमा सङ्क्रमण दर अझ बढेको छ । तथ्याङ्कअनुसार, विश्वभर यौनकर्मी तीन प्रतिशत, लागूपदार्थको सुई लगाउने व्यक्ति पाँच प्रतिशत, समलिङ्गी र पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुष ७.७ प्रतिशत र तेस्रोलिङ्गी ९.२ प्रतिशत सङ्क्रमित रहेको देखिन्छ । “उप–सहारा अफ्रिकाका केही देशहरूमा सन् २०१० यता नयाँ सङ्क्रमणमा आधाभन्दा बढीले कमी आएको छ”, ब्यानिमाले भन्नुभयो, “हामीसँग पूर्वी युरोप, मध्य एशिया र ल्याटिन अमेरिका जस्ता क्षेत्रहरू पनि छन् जहाँ हामी नयाँ संक्रमणहरू गलत दिशामा गइरहेको र बढ्दै गएको देख्छौं।” पूर्वी युरोप र मध्य एसियामा एचआईभी सङ्क्रमितमध्ये आधाको मात्र उपचार हुन्छ भने मध्यपूर्व र उत्तर अफ्रिकामा यो सङ्ख्या ४९ प्रतिशत छ ।रासस

सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.