अहिले गर्मी र बर्षायाम दुबैको सिजन हो । यस्तो याममा मानिसमा धेरै प्रकारका रोगको जोखिम हुन्छन । गर्मीबाट उत्पन्न हुने छाला, डिहाइड्रेसन, लु लगायत बर्षायाममा सक्रिय हुने भाईरस, ब्याक्टेरिया, हैजा , डेंगु लगायत रोगको पनि उत्तिकै जोखिम हुन्छन ।यस्ता रोगहरुबाट सबैभन्दा बढी प्रभावित बृद्धबृद्धा र बालबालिकानै हुने गर्दछन । जो व्यक्तिको इम्युन शक्ति कमजोर हुन्छ त्यसलाई रोगले छिट्टै आक्रमण गर्ने र ढिला सञ्चो हुनेपनि हुन्छ । कतिपय रोगका लक्षण ,तत्कालै थाहा पनि हुंँदैन । रोगले गम्भिर बनाउंँदै गएपछि बल्ल बिरामी चिकित्सककोमा जाने गर्छन । गर्मी तथा बर्षायाममा विभिन्न सरुवा रोग तथा अस्वस्थकर खानाबाट मानिसलाई विभिन्न रोगको संक्रमण हुन्छ । राम्रोसंँग हेरविचार र सचेत नहुंँदा यसको सबैभन्दा बढी प्रभावित बालबालिका तथा शिशुहरुलाई हुने गर्दछ । कतिपय बालबालिका तथा शिशुहरुले आफूलाई के भएको भन्ने समेत व्यक्त गर्न सक्दैनन । जसका कारण रोग थप जटिल र गम्भिर बन्दै जान्छ । त्यसैले अन्य उमेर समुहमा लाग्ने रोग भन्दा बच्चाहरुलाई रोगले आक्रमण गर्ने जोखिम उच्च हुन्छ । गर्मी तथा बर्षायाममा बच्चाहरुमा कस्ता रोग लाग्छन ? यस याममा हुने रोगका लक्षणहरु का साथै उनीहरुलाई कसरी जोगाउने ? कस्ता खानेकुराहरु खुवाउने, भन्ने बिषयमा भरतपुर सामुदायिक अस्पतालका बालरोग विशेषज्ञ वरिष्ठ चिकित्सक खेमराज पौडेलसंँग गरिएको कुराकानी । थप जानकारी तल भिडियोमा हेर्न सक्नुहुनेछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
