• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, असोज ०१, २०८३
बिहिबार, असोज ०१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • १५ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • १६ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • १६ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • १६ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • १६ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • १८ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • १९ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • २२ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

  • १०. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग

  •  सोमबार, साउन १४, २०८१ मा प्रकाशित

भक्तपुर । अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सहज प्रत्याभूतिको आवश्यकता रहेको सरोकारवालाले औँल्याएका छन् । नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाद्वारा ‘अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ’ अन्तक्र्रियाका सहभागीले अपाङ्गतामैत्री स्वास्थ्य सेवा प्रवाह सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

सञ्चारकर्मी एवं अपाङ्गता क्षेत्रमा काम गर्ने संघ सस्थाका प्रतिनिधिको सहभागीता रहेको सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य लागायत अन्य अधिकारको पहुँच पु¥याउन सञ्चार माध्यमले त्यस सम्बन्धी विषय उठान गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सङ्घ उपत्यका शाखाका प्रबन्धक शरद अर्यालले सङ्घले स्थापनाकालदेखि हालसम्म परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अन्य विभिन्न स्वास्थ्यका क्षेत्रमा सञ्चालन गरेको कार्यक्रम एवं गतिविधिका बारेमा जानकारी दिँदै सङ्घले अपाङ्गतामैत्री सेवा प्रवाह गरिरहेको र अन्य स्वास्थ्य निकायमा पनि यस्तो व्यवस्था हुनुपर्ने औँल्याउनुभयो ।

उहाँले सङ्घले गत वर्ष चार हजार तीन सय नौजना अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा दिएको जनाउँदै सङ्घमा आउने दातृ निकायको कार्यक्रम कटौती र सरकारबाट बजेट व्यवस्थापन नहुँदा दिँदै आएको सेवा प्रभावित हुँदै कर्मचारीसमेत कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो “अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पहुँच स्थानीयस्तरमै पुर्याउन सङ्घ लागिरहेको छ । केही पालिकामा कार्यक्रम सञ्चालन गरेको र यसको प्रभावकारिता समेत बढेको छ । सङ्घमा परेको आर्थिक सङ्कटले अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्ग र आर्थिक रूपमा विपन्न वर्गले नै स्वास्थ्य सेवा नपाउने अवस्था आउने चुनौती थपिएको छ । यसलाई अन्त्य गर्न राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्छ । ”

शाखा प्रबन्धक अर्यालले परिवार नियोजन सङ्घले सन् २०१९ देखि अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित गरी प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतनात्मक कार्यक्रमका विविध प्रकारका अपाङ्गता भएका व्यक्तिलाई नै पियर एजुकेटर (साथी शिक्षक)को तालिम दिएर समुदायमा परिचालन गर्दा यसले निकै सकारात्मक प्रभाव पारेको र अपाङ्गता भएका व्यक्तिको जीवनमा नयाँ ऊर्जा थपेको जानकारी दिनुभयो ।

अपाङ्गता भएका सबै व्यक्तिलाई अन्य व्यक्तिसरह सबै चाहनाको साथै यौन चाहना हुने तर परिवारका सदस्यलाई खुलेर भन्न नसक्ने, उनीहरूको विवाह र सन्तान जन्माउने अधिकार र चाहनालाई मार्नुपर्ने तथा उनीहरूको यौनरोग वा विविध समस्याको सामना गर्नुपरेको अवस्थामा सङ्घले विभिन्न पालिकामा सञ्चालन गरेको कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको अधिकार स्थापित गर्न सहज हँुदै गएको उहाँले बताउनुभयो ।

कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको अवस्थासम्बन्धी अध्येता अनुप अधिकारीले नेपालमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित गरी संविधान एवं कानुनमा गरिएको व्यवस्था कार्यान्वयनमा नआउँदा अपाङ्गता भएका व्यक्तिको अधिकार हनन भइरहेको टिप्पणी गर्नुभयो । उहाँले कतिपय अपाङ्गता भएका व्यक्तिको जीवन निकै कष्टकर बनेको उदाहरण प्रस्तुत गर्दै उनीहरूको अधिकारलाई सुनिशिचत गर्न देशका तीनवटै सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकामा सचेतना तालिम दिँदै आउनुभएकी अम्बिका कुइँकेलले समाज र परिवारमा अपाङ्गता भएका व्यक्तिले विवाह गर्न नहुने, सन्तान जन्माउन नहुनेजस्ता सोचले समस्या परेको जनाउँदै अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्यालाई सम्बोधन गर्नुपर्छ भन्नुभयो ।

अपाङ्गता भएका व्यक्ति एवं परिवारलाई सचेतना तालिम दिँदै आउनुभएकी सन्जिया श्रेष्ठले अपाङ्गता भएका व्यक्ति एवं परिवारलाई महिनावारी स्वच्छता, सरसफाइ, मायाप्रेम, विवाह, सन्तान जन्माउने चाहनालाई बञ्चित गर्न नहुने बारेमा शिक्षा प्रदान गर्दै परिवार नियोजनका साधनको प्रयोगका बारेमा जानकारी गरी त्यस क्षेत्रका व्यक्तिहरू लाभान्वित भएको बताउनुभयो । कार्यक्रममा सिबिआर भक्तपुरमा कार्यरत गङ्गा प्रजापति, सुनिता दुवाललगायतले अपाङ्गता भएका व्यक्तिका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे बुझाउन थालेपछि समुदायमा परिवर्तन आएको जनाउँदै समस्या र चुनौतीहरू भने धेरै रहेको बताउनुभयो । रासस

सोमबार, साउन १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.