पवित्रा पौडेल
बुलिङटार । नवलपुर जिल्लाको पहाडी भेग बुलिङटार गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरबाट २५० जना लाभान्वित भएका छन् ।
बुलिङटार गाउँपालिका नवलपुरको आयोजना र भरतपुर आँखा अस्पताल,चितवनको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भयको हो ।
आयोजित निःशुल्क आँखा शिविरमा सेवा लिन आउने विरामीहरुमा आँखाको एलर्जी,आँखाको सुख्खापन,आखाँमा मासु पलाएको बिरामीहरु देखा परेको पालिकाका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो । प्रमुख श्रेष्ठका अनुसार आँखा शिविरमा ३० जना विरामीको अप्रेशन गर्नुपर्ने अवस्था भयकोले यही २५ गते भरतपुर आँखा अस्पतालबाट आउने विषेशज्ञ मेडिकल टिमद्वारा बौधिकाली गाउँपालिका नवलपुरमा आयोजना गरिने निःशुल्क आँखा शिविरमा थप उपचारको लागि सिफारिस गरिएको जानकारी दिनुभयो।





