• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, साउन २१, २०८३
बिहिबार, साउन २१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते
  • २ घण्टा 

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ
  • २ घण्टा 

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति
  • ३ घण्टा 

उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती
  • ३ घण्टा 

कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण
  • २२ घण्टा 

कङ्गोमा इबोला प्रकोपसँग लड्न थप सहयोगका लागि डब्लुएचओको आह्वान
  • २३ घण्टा 

अफगानिस्तानमा कुपोषण सङ्कट गहिरियो
  • २३ घण्टा 

धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग
  • १ दिन 

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ४. नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा

  • ५. स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

  • ६. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • ७. शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने

  • ८. सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

  • ९. विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

  • १०. किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती

  •  बिहिबार, साउन २१, २०८३ मा प्रकाशित

काठमाडौँ । नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच र आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रूपमा ग्यारेन्टी गरेको छ । संविधानले स्वास्थ्यलाई राज्यको एक अभिन्न दायित्व र अत्यावश्यक मानवीय सेवाका रूपमा स्वीकार गरेको छ तर पछिल्लो समय उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत स्वास्थ्य सेवा र चिकित्सकहरूलाई पनि व्यापारिक वस्तु वा सामान बिक्री गर्ने विक्रेता सरह राखी उपभोक्ता अदालतको दायरामा ल्याइएको छ । यसले गर्दा नेपालको सम्पूर्ण स्वास्थ्य प्रणालीमा गम्भीर र नकारात्मक असरहरू देखिन थालेका छन् ।

उपभोक्ता अदालतको बढ्दो हस्तक्षेप हालै उपभोक्ता अदालतले एभरेस्ट अस्पताल र एक स्त्री तथा प्रसूति रोग विशेषज्ञलाई रु ३९ लाख क्षतिपूर्ति तिराउने फैसला गरेको छ । फैसलामा अस्पताललाई ३० लाख र डाक्टरलाई रु नौ लाख जरिवाना तोकिएको छ । प्रसूतिको क्रममा ‘प्रि–एक्लेम्पसिया’ (उच्च रक्तचाप) को जटिलतामा औषधि व्यवस्थापन तथा मेडिकल प्रोटोकल पालना नभएको ठहर गर्दै अदालतले उक्त आदेश दिएको हो । यसअघि पनि उपभोक्ता अदालतले हिमाल हस्पिटल र चिकित्सकलाई रु एक करोड ४५ लाख र ओम हस्पिटललाई रु ५६ लाखभन्दा बढी क्षतिपूर्ति तिराउने फैसला गरिसकेको छ ।

एक ९८ वर्षीय बिरामीको प्राथमिक उपचार र डिस्चार्जका क्रममा लापर्वाही भएको भन्दै अदालतले ओम हस्पिटललाई ८० प्रतिशत (रु ५० लाख ७० हजार) र उपचारमा संलग्न दुई डाक्टरलाई १०÷१० प्रतिशत (प्रतिडाक्टर रु तीन लाख पाँच हजारका दरले) क्षतिपूर्ति तिराउने निर्णय ग¥यो । कुनै पनि बिरामीको ज्यान जानु अत्यन्तै दुःखद् विषय हो र पीडितले न्याय पाउनैपर्छ तर मेडिकल विज्ञानको जटिलता, आकस्मिक अवस्था र बिरामीको शारीरिक प्रतिक्रियालाई गैर–मेडिकल प्रशासनिक न्यायाधीशहरूले व्यापारिक ऐनको कसीबाट मूल्याङ्कन गर्दा समग्र चिकित्सा क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ ।

स्वास्थ्य सेवा व्यापार होइन व्यापारिक क्षेत्रमा ‘ग्राहक’ र ‘विक्रेता’ बीचको सम्बन्ध नाफा–घाटा र वस्तुको खरीद–बिक्रीमा आधारित हुन्छ । यदि तपाईंले बजारबाट कुनै सामान वा टिभी किन्नुभयो र त्यो बिग्रियो भने त्यसलाई फेर्न वा क्षतिपूर्ति माग्न सकिन्छ, किनकि त्यो निर्जीव वस्तु हो । तर चिकित्सक र बिरामीको सम्बन्ध नाफाको व्यापार होइन । यो आस्था, मानवीय संवेदनशीलता र नैतिक उत्तरदायित्वमा टिकेको हुन्छ । कुनै पनि चिकित्सकले बिरामीलाई जानीजानी हानि पु¥याउने नियत राख्दैन । मानव शरीर कुनै कलकारखानामा बनेको मेसिन होइन, जहाँ एउटै नियम वा औषधि सबैलाई समान रूपमा लागू होस् ।

प्रत्येक व्यक्तिको शारीरिक बनावट, रोग प्रतिरोधात्मक क्षमता र तत्कालीन अवस्था फरक–फरक हुन्छ । त्यसैले स्वास्थ्योपचारलाई अन्य व्यापारिक सेवासँग तुलना गरेर ‘उपभोक्ता ऐन’ को घेरामा राख्नु कानुनी र व्यावहारिक दुवै दृष्टिले गलत छ । उपभोक्ता ऐनको त्रास जब स्वास्थ्य सेवालाई उपभोक्ता ऐनमा राखियो र डाक्टरहरू माथि करोडौँ रुपैयाँ क्षतिपूर्तिको मुद्दा पर्न थाल्यो, त्यसको प्रत्यक्ष दुष्परिणाम बिरामीहरूले नै भोग्नुपरिरहेको छ । डाक्टरहरूमा कानुनी झमेला र करोडौँ क्षतिपूर्तिको त्रास सिर्जना भएकाले नेपालमा ‘डिफेन्सिभ मेडिसिन’ को विभिन्न खालका विकृतिहरु भित्रिएका छन् ।

जटिल वा गम्भीर अवस्थाका बिरामी अस्पताल आउँदा कानूनी झमेला र उपभोक्ता अदालतको डरले डाक्टरहरूले जोखिम मोलेर उपचार गर्नुको सट्टा अन्यत्र रिफर’ गर्ने वा हात हाल्न नमान्ने प्रवृत्ति बढेको छ । यसले गर्दा आपत्कालीन अवस्थाका धेरै बिरामीहरूले समयमा उपचार नपाई अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ । त्यति मात्र होइन, अनावश्यक परीक्षण र महँगो उपचारको अवस्था पनि सिर्जना भएको छ । कानुनी बचाउका लागि डाक्टरहरूले सानो शङ्का लाग्दा पनि बिरामीलाई धेरै किसिमका महँगा सिटी स्क्यान, एमआरआई र अनावश्यक प्रयोगशाला परीक्षणहरू गराउन बाध्य हुनु परेको छ । यसको प्रत्यक्ष आर्थिक भार अन्ततः गरिब तथा विपन्न बिरामीकै खल्तीमा परेको छ । अन्तरराष्ट्रिय अनुभवबाट सिक्नुपर्ने पाठ दक्षिण एसियाली तथा पश्चिमी देशहरूको अनुभवले पनि स्वास्थ्यलाई उपभोक्ता ऐनमा राख्दा उल्टै सर्वसाधारणलाई नोक्सान पुगेको देखाउँछ ।

भारतमा सन् १९९५ पछि स्वास्थ्य सेवालाई उपभोक्ता ऐनभित्र समावेश गरियो । त्यसपछि अदालतमा लाखौँ मुद्दाहरू थुप्रिए, डाक्टरहरूले बचाउत्मक उपचार गर्न थाले र भारतमा उपचार खर्च तीव्र रूपमा महँगियो । अमेरिका र पश्चिमी देशहरूमा पनि भएका अभ्यासहरुबाट पनि धेरै कुराहरु सिक्नुपर्ने हुन्छ । अमेरिकामा ‘मेडिकल मालप्राक्टिस’ सम्बन्धी कडा कानुन र अर्बौं डलर क्षतिपूर्ति तोक्ने प्रणाली छ । यसले गर्दा डाक्टरहरूले तिर्नुपर्ने बीमा को प्रिमियम अत्यधिक महँगो छ, जसले गर्दा अमेरिकामा उपचार विश्वकै सबैभन्दा महँगो बनेको छ ।

नेपालजस्तो विकासोन्मुख देशले यस्तो महँगो प्रणाली धान्न सक्दैन । वास्तविक समाधान के हो त ? स्वास्थ्य सेवालाई उपभोक्ता ऐनबाट हटाउनुको अर्थ डाक्टरहरूलाई मनपरी गर्न दिनु वा उन्मुक्ति दिनु पटक्कै होइन । यदि कुनै डाक्टरले गम्भीर लापर्वाही गर्छ भने उसलाई कारबाही हुनैपर्छ र पीडित बिरामीले न्याय पाउनैपर्छ तर त्यसका लागि व्यापारिक अदालत होइन, विशेषज्ञ निकाय हुनुपर्छ । यसका लागि नेपाल मेडिकल काउन्सिलभित्र ‘मेडिको–लिगल ट्रिब्युनल’ गठन गर्न सकिन्छ ।

काउन्सिलभित्र पूर्व न्यायाधीशको अध्यक्षतामा विषयगत विशेषज्ञ डाक्टरहरू, उपभोक्ता अधिकारकर्मी र बायोएथिस्टहरू रहेको छुट्टै न्यायपीठ बनाइनुपर्छ । यसले उपचारमा ‘प्रक्रियागत त्रुटि’ वा ‘बदनियत’ थियो कि थिएन भन्ने वैज्ञानिक छानबिन गर्छ । त्यस्तै डाक्टर र अस्पतालहरूका लागि अनिवार्य पेसागत बिमाको व्यवस्था गरिनुपर्छ । यदि ट्रिब्युनलले उपचारमा त्रुटि भएको ठहर गरेमा क्षतिपूर्तिको रकम डाक्टरको व्यक्तिगत सम्पत्ति वा खल्तीबाट नभई बीमा कम्पनीको कोष बाट पीडित बिरामीलाई तत्काल उपलब्ध गराइन्छ ।

स्वास्थ्य सेवा कुनै व्यापारिक कारोबार होइन; यो नागरिकको जीवनसँग जोडिएको संवेदनशीलता हो । यदि हामीले स्वास्थ्य सेवालाई व्यापार र बिरामीलाई केवल ‘ग्राहक’ का रूपमा हेरिरह्यौँ भने डाक्टरहरू बचाउत्मक मोडमा जानेछन्, उपचार प्रक्रिया झन् महँगो र झन्झटिल हुनेछ, र जटिल बिरामीहरूले समयमा उपचार नपाई अकालमै ज्यान गुमाउनु पर्नेछ । त्यसैले आम नागरिकको हित, डाक्टरहरूको सुरक्षा र देशको स्वास्थ्य प्रणालीलाई जोगाउनका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २ (ध) संशोधन गरी स्वास्थ्य सेवालाई यो ऐनबाट पूर्ण रूपमा अलग गरिनुपर्छ । स्वास्थ्य क्षेत्रलाई बचाउनु भनेको अन्ततः आम नागरिककै जीवन र स्वास्थ्यको रक्षा गर्नु हो । (लेखक नेपाल मेडिकल एसोसिएसनका महासचिव हुनुहुन्छ) ।रासस

बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते
विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ
चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

ताजा

ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.