काठमाडौं । फाइजर इन्कले ‘स्वस्थ संसारका लागि एक सम्झौता’ कार्यक्रमको शुरुआत गरेको छ । अमेरिका र यूरोपेली संघमा उपलब्ध फाइजरका सबै प्याटेन्ट, उच्च गुणस्तरका औषधि र खोपहरू कम आय भएका ४५ देशलाई उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम शुरू गरिएको हो । यसबाट कमआय भएका मुलुकका १ दशमलव २ बिलियन नागरिक लाभान्वित हुने अपेक्षा गरिएको कम्पनीले बताएको छ । ‘यसले कम आय भएका देश र बाँकी विश्वका बीचमा रहेको स्वास्थ्य असमानता धेरै हदसम्म कम गर्न सहयोग गर्नेछ,’ फाइजरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बोर्लाले सबै बाधाहरू पार भएपछि मात्र स्वास्थ्य सेवामा रहेको असमानता अन्त्य गर्न र सबै बिरामीको उद्धार गर्न सकिने बताए ।