भारत, भारतमा बिरामी बोकेको एम्बुलेन्स ट्रकमा ठोकिंँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा बिरामीको पनि मृत्यु भएको छ। यो घटना फतेहगञ्ज पश्चिमको दिल्ली बरेली हाइवेमा भएको थियो। मृत्यु हुने सबै पिलिभितका हुन्।
भारतीय सञ्चारमाध्महरुका अनुसार ड्राइभर निदाउँदा एम्बुलेन्स डिवाइडर पार गरेर मिनि ट्रकसँग ठोकिएको थियो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा शोक व्यक्त गरेका छन्।
