रुपन्देही । स्वास्थ्य कार्यालय रुपन्देहीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वास्थ्य समीक्षा तथ्यांकअनुसार पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण पाइएको छ । ६ महिनादेखि करिब पाँच वर्षसम्मका ५२ हजार नौ सय ४८ जना बालबालिकाको स्वास्थ्य (पोषण) परीक्षण गर्दा एक हजार पाँच सय २४ जनामा कुपोषण देखिएको हो ।
स्वास्थ्य परीक्षण गरिएका बालबालिकामध्ये पाँच प्रतिशत बालबालिकामा कुपोषण देखिएको र त्यसमध्ये चार दशमलव चार पाँच प्रतिशत मध्यम खालको एवं शून्य दशमलव छ पाँच प्रतिशत गम्भीर खालको कुपोषण भएका बालबालिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सबैभन्दा बढी गैडहवा गाउँपालिकामा नौ प्रतिशत र सबैभन्दा कम बुटवल उपमहानगरपालिकामा दुई प्रतिशत बालबालिकामा कुपोषण पाइएको छ ।
