• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • १७ मिनेट 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • १७ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • १७ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • १७ घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • १८ घण्टा 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • २० घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • २२ घण्टा 

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
  • २३ घण्टा 

लागूऔषधसहित पक्राउ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ५. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

  • ९. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • १०. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

  •  शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित

महोत्तरी । बर्दिबासमा सञ्चालित सर्पदंश उपचार केन्द्र एन्टी स्नेक भेनमको अभावमा सेवा दिन नसक्ने अवस्थामा पुगेको छ । मधेस र पहाडका आठ जिल्लाका सर्पदंशका बिरामीको उपचार गर्दै आएको सर्पदंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडाले एन्टी स्नेक भेनमको अभावमा सेवा बन्द गर्नुपरेको जनाएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को प्रारम्भदेखि नै विषालु सर्पको टोकाइको उपचारमा प्रयोग हुने उक्त भेनमको अभाव हुँदै आएको केन्द्रले जनाएको छ ।

उपचार सेवालाई निरन्तरता दिन प्रयत्न गरिए पनि भेनम पाउन नसकेपछि बाध्य भएर सूचना टाँस गर्नुपरेको केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटा बताउनुहुन्छ । “हामीले औषधिका लागि प्रदेश र सङ्घीय सरकारका सम्बद्ध निकायमा निकै धायौँ, तर भेनम पाउन सकिएन”, देवकोटा भन्नुहुन्छ, “यस्तो अवस्थामा सेवा दिन नसकिने भएपछि बाध्य भएर सूचना टाँस गरेका हौँ ।” केन्द्रले बुधबार साँझदेखि सेवा दिन नसकिने व्यहोराको सूचना टाँस गरेको छ । विसं २०७१ साउन ३१ गतेदेखि सर्पदंशको उपचार गर्न थालेको केन्द्रले हालसम्म ३३ हजारलाई सेवा दिएर ज्यान बचाएको छ ।

मधेसका महोत्तरी, धनुषा र सर्लाही, कोशीका उदयपुर र ओखलढुङ्गा तथा बागमती प्रदेशका सिन्धुली र रामेछापसम्मका सर्पदंशका बिरामीले यहाँबाट उपचार सेवा लिँदै आएको विवरण छ । त्यसबाहेक दोलखा, रौतहट र सिरहाका बिरामी पनि समयसमयमा उपचार लिन यहाँ आउने गरेका थिए । बर्दिबास आफैँ सर्पको बिगबिगी भएको स्थानका रूपमा परिचित छ । पछिल्लो दुई महिनायता भेनम पाउनै कठिन भएपछि केन्द्रमा उपचार लिन आउनेलाई सेवा दिन नसक्दा ग्लानी भएको देवकोटा बताउनुहुन्छ । आफ्नो ठाउँमा स्थापित भइसकेको केन्द्रबाट उपचार दिन नसक्ने सूचना पढेपछि वरपरका बासिन्दा अब अप्ठ्यारा दिन आउने आशङ्काले चिन्तित छन् ।

“सरकारले औषधिको व्यवस्था गरिदिनुपर्छ”, बर्दिबास–३ गौरीडाँडाकै बासिन्दा गीता खतिवडा भन्नुहुन्छ, “नभए त उपचार नपाएरै मर्ने अवस्था आउने भयो ।” तीनै तहका सरकार यो समस्याप्रति गम्भीर हुनपर्ने बर्दिबासका सामाजिक सङ्संस्था र नागरिक समाजका प्रतिनिधिको धारणा छ ।

“ठूलै समस्या देखिएको छ, एन्टी स्नेक भेनमको व्यवस्थापनमा सम्बद्ध पक्ष लाग्नुपर्यो”, अन्तर सङ्घसंस्था समन्वय सञ्जाल बर्दिबासका संयोजक रामकुमार कार्की भन्नुहुन्छ, “यसका लागि पहिलो पहलकदमी स्थानीय तहको नेतृत्वले लिनपर्छ ।” भेनमको अभावले तत्काल उपचार गर्न नसकिए पनि औषधि उपलब्ध हुनासाथ सेवा सञ्चालन गरिने केन्द्रले जनाएको छ । सो केन्द्रमा नेपाली सेनाका दक्ष प्राविधिकले उपचार सेवा दिँदै आएका छन्।रासस

शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

ताजा

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.