काठमाडौं । पछिल्लो चौबीस घण्टामा काठमाडौंमा १६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । उपत्यकाका तीनमध्ये आज काठमाडौंमा मात्रै संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४० पुगेको छ । आजसम्म ३६ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य छ । आज देशभर रहेका ११० जना सक्रिय संक्रमितमध्ये १ जना होम आइसोलेसनमा र एकजना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
