श्रीलंका ।श्रीलङ्कामा आवश्यक औषधिहरू किन्न कोभिड–१९ सामाजिक सुरक्षा कोषको प्रयोग गर्न राष्ट्रपति गोटबाया राजपाक्षले आज शुक्रवार निर्देशन दिनुभएको छ ।
आर्थिक सङ्कटको बेला देशले औषधिको गम्भीर अभावको सामना गर्नुपरेपछि राष्ट्रपति राजापाक्षले यो निर्देशन दिनुभएको हो
राजपाक्षले विगत दुई वर्षभित्र महामारीको समयमा दाताहरूबाट सङ्कलन गरिएको कोभिड–१९ स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षा कोषमा रहेको अनुमानित ६ लाख अमेरिकी डलर प्रचलनमा ल्याइ औषधि खरिदमा देखिएको अभावलाई सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।