चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार सार्वजनिक विदाको दिन पनि ओपिडि सेवा दिने भएको छ। अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै आईतवार सार्वजनिक पनि ओपीडि सेवा दिने जानकारी दिएको हो । दुई दिन ओपिडि सेवा बन्द हुँदा बिरामीको चाप बढेको र सहज उपचारमा समस्या परेको भन्दै आइतबार पनि ओपिडि सेवा सन्चालन गरिने बताएको हो।
शुक्रबार बसेको अस्पताल प्रशासनको बैठकले दैनिक बिरामीको चाप बढेको भन्दै यसतर्फ अस्पताल मध्यनजर गर्दै आइतबार ओपिडि सेवा सन्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।
सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आईतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसंँगै यसअघि आईतबार पनि ओपिडी सेवा बन्द हुंँदै आएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु