• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, असोज २७, २०८३
मङ्गलबार, असोज २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

के हो स्क्रब टाइफस ? कसरी सर्छ ?
  • ४६ मिनेट 

क्यान्सर उपचारमा ऐतिहासिक उपलब्धि : कार–टी सेलबाट बिरामीको उपचार
  • १ घण्टा 

चितवनमा स्क्रब टाइफसबाट २३४ जना सङ्क्रमित
  • २ घण्टा 

किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा
  • २ घण्टा 

लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा
  • ४ घण्टा 

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
  • ४ घण्टा 

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
  • १ दिन 

स्वास्थ्यमन्त्री मेहतासँग कोरियाली राजदूतको शिष्टाचार भेट
  • १ दिन 

इच्छाकामना आधारभूत अस्पतालमा नवनिर्मित भवनबाट सेवा शुभारम्भ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा मेडिकल व्यवसायी अर्यालको उम्मेदवारी

  • २. मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

  • ३. आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

  • ४. क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

  • ५. भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

  • ६. लागुऔषधसहित २५ जना पक्राउ

  • ७. लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

  • ८. र्‍याडिसन होटलमा नेपाल क्यान्सर सम्मेलन

  • ९. गाँजासहित युवक पक्राउ

  • १०. नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै

क्यान्सर उपचारमा ऐतिहासिक उपलब्धि : कार–टी सेलबाट बिरामीको उपचार

  •  मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित

काठमाडौं । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) ले नेपालमै विकसित र उत्पादित कार–टी सेलमार्फत एक क्यान्सर बिरामीको उपचार गरिएको जनाएको छ। काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (रगतको क्यान्सरको एक प्रकार) को उपचार गराइरहेका बिरामीमा चिकित्सक टोलीले सेल चढाएको हो। बिरामी हाल स्वास्थ्यलाभ गरिरहेका र क्लिनिकल रूपमा स्थिर अवस्थामा रहेको जनाइएको छ। क्लिनिकल टोलीको नेतृत्व गरेका हेमाटो–अन्कोलोजिस्ट डा. अञ्जन श्रेष्ठका अनुसार रोग निको भयो कि भएन (रिमिसन) र उपचारको प्रभाव कति लामो समय टिक्छ भनेर आकलन गर्न टोलीले बिरामीको नजिकबाट निगरानी गरिरहेको छ।

डा. प्रशुन उपाध्याय तथा अन्य सहकर्मीसँगको सहकार्यमा उपचार गरिरहेका डा. श्रेष्ठले यो उपचारले नेपालमा क्यान्सर उपचारमा नयाँ फड्को मारेको बताए। उनका अनुसार केही प्रकारका रगतको क्यान्सरको उपचारका लागि भारत र चीनमाथिको निर्भरता यसले घटाउँछ। केमोथेरापीपछि क्यान्सर पुनः फर्किएका (रिल्याप्स) वा केमोथेरापीले काम नगरेका अवस्थामा कार–टी उपचार विशेष उपयोगी हुनेमा उनले जोड दिए। ‘अमेरिका र बेलायतमा कार–टी सेल उपचार प्रयोगमा आएको झन्डै एक दशक भइसक्यो। तर नेपालजस्तो देशमा यति चाँडै यस्तो उन्नत उपचार पद्धति भित्रिएला भन्ने हामीले अपेक्षा गरेका थिएनौं,’ डा. श्रेष्ठले भने।

कार–टी सेल थेरापीमा बिरामीकै टी–सेल (रोग प्रतिरोधात्मक क्षमता दिने एक प्रकारको कोष) प्रयोग गरिन्छ। ती सेललाई जेनेटिक रूपमा परिमार्जन गरेर क्यान्सर कोषमा रहेको निश्चित लक्ष्य पहिचान गर्न सक्ने बनाइन्छ, प्रयोगशालामा संख्या बढाइन्छ र फेरि बिरामीकै शरीरमा चढाइन्छ। सीआरएम नेपालको उत्पादनले सीडी–१९ लाई लक्षित गर्छ, जुन केही प्रकारका रगतको क्यान्सरमा पाइने मार्कर हो।

‘बिरामीको रगतमा कार–टी सेलको संख्या उत्साहजनक रूपमा बढेको र उपचारको प्रारम्भिक सकारात्मक असर देखिएको हामीले पाएका छौं। यसले उपचारप्रति सुरुवाती प्रतिक्रिया आशाजनक रहेको संकेत गर्छ,’ प्रमुख वैज्ञानिक डा. सञ्जीवन गौतमले भने, ‘नेपालमै विकसित पहिलो कार–टी सेल उपचारको यो उत्साहजनक सुरुवात हो।’

डा. गौतमले सन् २०२२ देखि यो अभियानको नेतृत्व गर्दै आएका छन्। उनले वैज्ञानिक विशेषज्ञता, अनुदान रकम र अन्तर्राष्ट्रिय साझेदारलाई एकसाथ जोडेका थिए। उनले असल उत्पादन अभ्यास, मापदण्डअनुसारको प्रयोगशाला स्थापनाबारे मार्गदर्शन, प्रविधि हस्तान्तरण, उत्पादन तथा गुणस्तर नियन्त्रणको क्षमता विकास, जनशक्तिको तालिम र नियामकीय प्रक्रियामा सहयोग गरेका थिए। सीआरएम नेपालको प्रयोगशालामा उत्पादित सेल अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको उनले बताए।

मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
के हो स्क्रब टाइफस ? कसरी सर्छ ?
चितवनमा स्क्रब टाइफसबाट २३४ जना सङ्क्रमित
किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

लोकप्रिय

गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा मेडिकल व्यवसायी अर्यालको उम्मेदवारी

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

ताजा

के हो स्क्रब टाइफस ? कसरी सर्छ ?

क्यान्सर उपचारमा ऐतिहासिक उपलब्धि : कार–टी सेलबाट बिरामीको उपचार

चितवनमा स्क्रब टाइफसबाट २३४ जना सङ्क्रमित

किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.