काठमाडौं । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आगामी असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।
यो उमेर समूहका करिब ३९ लाख बालबालिकालाई विद्यालयबाटै खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
डा. अधिकारीका अनुसार पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइनेछ । त्यस्तै, अन्य ५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि ११ गतेसम्म पहिलो तथा भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइनेछ ।
