चितवन । बागमती प्रदेशले चितवनको रत्ननगरमा आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालन गर्ने भनेर नीति तथा कार्यक्रममा राखिसंँगै चितवनमा औषधि उत्पादन केन्द्र सञ्चालनको लागि पर्याप्त बजेट पर्ने उत्तिकै संभावना छ । १३ जिल्लामा कार्यान्वयनमा आएको बागमती प्रदेशको लोकप्रिय कार्यक्रम एक माध्यमिक विद्यालय एक नर्सजस्ता कार्यक्रममा बजेट विनियोजन हुने भएको छ ।
प्रदेशले चेपाङ समुदाय बसोबास क्षेत्रलाई चेपाङ विशेष संरक्षित क्षेत्र बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। त्यस्तै एक स्थानीय तह एक खेल मैदान बनाउने कार्यक्रमलाई पनि बजेटमा समावेश गर्दै छ।