काठमाडौं । पछिल्ला तीन दिनमा देशभर तीन लाख ८५ हजार ९०६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार यही जेठ २९, ३० र ३१ गते गरी सो संख्यामा खोप दिइएको हो ।
नेपालमा हालसम्म १२ वर्षमाथिका ९६.४ प्रतिशतले पहिलो मात्रा र ८५.७ प्रतिशतले पूर्ण मात्र खोप लगाएका छन् । ‘बुस्टर डोज’ लगाउनेको संख्या ५५ लाख ६७ हजार १९४ छ ।
पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई यही असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइँदै छ ।