रत्ननगर । रत्ननगर नगरपालिकामा बृद्धबृद्धाको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको छ । ८० बर्ष नाघेका बृद्धबृद्धाको स्वास्थ्यकर्मीहरुले घरमै उनीहरुको स्वास्थ्य परीक्षण गरिरहेका हुन् ।
स्वास्थ्य परीक्षणका लागि १६ वटा वडामा ३२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए । दीर्घरोगी र औषधि सेवन गरिरहेका तथा नियमित स्वास्थ्य जाँचको लागि अस्पताल सम्म जान नसक्ने बृद्धबृद्धाहरुलाई घरमै स्वास्थ्य परीक्षण गरिएको हो ।
स्वास्थ्यकर्मीहरुले मधुमेह,उच्चरक्तचाँप तथा अन्य रोगको परीक्षण गरेका छन् । स्वास्थ्य परीक्षणसंगै स्वास्थ्यकर्मीहरुले रोग लाग्न नदिने उपाय,खानपान लगायतका विषयमा परामर्श समेत दिईएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।
रत्ननगरका मेयर प्रल्हाद सापकोटाले स्थानीय सरकार बृद्धबृद्धाको अभिभावक रहेको भन्दै उनीहरुको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्यकर्मी परिचालन गरी घरमै स्वास्थ्य परीक्षण तथा उपचार गरिएको बताए । नगर भित्रका ८० बर्ष पुगेका एक हजार ६०० बृद्धबृद्धाको स्वास्थ्य परीक्षण नगरपालिकाले व्यवस्थापन गर्दैछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु