• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

डोटीमा औलो रोग निवारण कार्यक्रम जारी

  •  बिहिबार, असार ०९, २०७९ मा प्रकाशित

कञ्चनपुर,सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पु¥याउनका लागि कार्य अगाडि बढाएको हो ।

औलो रोग निवारणको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीलाई कोचिङग, किटजन्य रोगको परिमार्जित निर्देशिका बमोजिम सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिने कार्य अगाडि बढाइएको निर्देशनालयका कार्यक्रम अधिकृत हेमराज जोशीले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थासँगै औलो रोग निवारणका लागि प्रतिबद्धता कायम गराउने कार्यसमेत भइरहेको छ ।

“नेपाल सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो निवारण गरिसक्ने लक्ष्य लिएको छ”, उहाँले भन्नुभयो, “लक्ष्य हासिल गर्नका लागि लगातार तीन वर्षसम्म औलो पोजिटिभ बिरामीको सङ्ख्या शून्य कायम हुनुपर्छ, शङ्कास्पद औलो रोगीको जाँच पनि उच्च जोखिम क्षेत्रमा कूल जनसङ्ख्याको १० प्रतिशत, मध्यम जोखिम क्षेत्रमा पाँच प्रतिशत र न्यून जोखिम क्षेत्रमा कूल जनसङ्ख्याको तीन प्रतिशत कायम हुनुपर्दछ ।” रोगीको सङ्ख्या शून्यमा झार्न र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पु¥याउनका लागि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले विभिन्न कार्यक्रम अगाडि बढाएको उहाँले बताउनुभयो ।

नेपालका सात वटै प्रदेशमध्ये सुदूरपश्चिममा अन्य प्रदेशको तुलनामा औलो बिरामीको भार अत्यधिक रहेको तथ्याङ्क स्वास्थ्य निर्देशनालयसँग रहेको छ । आव २०७७÷७८ मा कूल औलोका बिरामीको सङ्ख्या ३७७ मध्ये सुदूरपश्चिममा मात्र २२३ फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चालु आर्थिक वर्षको आजसम्म कूल ४५० औलोका बिरामी देखा परेका छन् । त्यसमध्ये सुदूरपश्चिममा मात्रै १७१ बिरामी देखा परेका छन् । धेरै औलो बिरामी सुदूरपश्चिम प्रदेशमा मात्र भएको हुनाले सुदूरपश्चिमले औलो रोग निवारणको लक्ष्य समयमै हासिल गर्नका लागि अन्य प्रदेशको तुलनामा झन् बढी काम गर्नु पर्ने स्वास्थ्य निर्देशनालयका कार्यक्रम अधिकृत जोशी बताउनुहुन्छ ।

सुदूरपश्चिमका तराईका कैलाली र कञ्चनपुरका बासिन्दा मात्रै औलोका बिरामी नभएर पहाडी क्षेत्रका जिल्लाका बासिन्दामा समेत उत्तिकै औलोको जोखिम रहेको छ । सुदूरपश्चिमको पहाडी क्षेत्रमा बसोबास गर्ने बासिन्दामा समेत औलो रोग देखा पर्न थालेको छ । जलवायु परिवर्तनसँगै लामखुट्टे पहाडी क्षेत्रमा समेत बाच्नसक्ने भएपछि औलोको जोखिम बढेको स्वास्थ्य निर्देशनालयका कार्यक्रम अधिकृत जोशी बताउनुहुन्छ ।

“पहिला तराई क्षेत्रमा मात्रै लामखुट्टे पाइन्थ्ये, औलोको जोखिम तराईका बासिन्दामा मात्रै सीमित थियो”, उहाँले भन्नुभयो, “तापक्रममा (ग्लोबल वार्मिङ¬¬) वृद्धि हुने क्रमसँगै लामखुट्टेले पहाडी क्षेत्रको हावापानीमा बाँच्न सक्ने क्षमता विकास गरेपछि औलोका बिरामीसमेत देखिन थालेका हुन ।” केही वर्षयतादेखि लामखुट्टेबाट बच्नका लागि झुलको प्रयोगलाई व्यापक बनाउने कार्यसँगै कीटनाशक औषधी छर्कने कार्यले औलोका बिरामी घट्दै जान थालेका छन् ।

सरकारले निःशुल्क रुपमा ग्रामीण क्षेत्रका बासिन्दालाई औलोबाट जोगाउन कीटनाशक झुल वितरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । औलो रोग पोथी एनफिलिज लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्दछ । औलो लागेका बेलामा ज्वरो आउने, थकान महसुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षण देखिन्छन् । यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजर आउने, कोमामा जाने र मृत्यु हुने सम्भावना बढी हुन्छ ।

लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश ग¥र्यो भने त्यसको १० देखि १५ दिनमा लक्षण देखिन सुरु हुन्छ । औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनको प्रयोग गरेर लामखुट्टेको टोकाइ कम गर्न सकिन्छ । लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने कार्यसँगै घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।
–––
Powered By Orson In

बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.