• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

शङ्खरापुरले ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने

  •  शनिबार, असार ११, २०७९ मा प्रकाशित

काठमाडौँ,शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ४० करोड ४८ लाख २१ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको सातौँ नगरसभामा नगर प्रमुख रमेश नापितले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख समिता श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० का लागि बजेटमाथि छलफलसहित पारित भएको हो । नौ वडा रहेको नगरपालिकाले वडावासीका लागि निःशुल्क शिक्षादेखि स्वास्थ्यसम्मका कार्यक्रम स्वीकृत गरेको छ ।

नगरसभाले ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुविधा दिने नीति पनि पारित गरेको छ । यस्तै शवबाहन सेवा पनि निःशुल्क गर्ने नीति पारित गरेको शङ्खरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने, नगरवासीलाई साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल हस्पिटलसँग सम्झौता गरेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने भएको छ ।

कक्षा १ देखि ३ सम्म नेपाल भाषा र तामाङ भाषाको पाठ्यक्रम तयार गरी मातृभाषाबाट पठनपाठन गरिनेछ । गर्भवती महिला र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने, गर्भवती र सुत्केरी आमाका लागि पोषण भत्ता उपलब्ध गराइने भएको छ ।

नगरपालिकाभित्र शवबाहन सेवा निःशुल्करुपमा उपलब्ध गराइने, अशक्त तथा ज्येष्ठ नागरिकलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुगेर दिइने, ज्येष्ठ नागरिकका लागि नगरपालिकाको तर्फबाट पोषण भत्ताको व्यवस्था गरिने भएको छ ।

ऐतिहासिक सांस्कृतिक शहर शङ्खरापुर नगरभित्रका जात्रा, पर्व दीर्घकालीन आर्थिकरुपमा सहज ढङ्गले सञ्चालन गर्नका लागि कोषको व्यवस्था गर्न लागिएको छ । ऐतिहासिक साँखु (सक्व) र तामाङ समुदायको ऐतिहासिक एवं मौलिक बस्तीलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरिने भएको छ ।

सम्पदा बस्तीमा मापदण्डअनुसार घर बनाउनेलाई प्रोत्साहनस्वरुप रु एक लाख दिँदै आएकामा घरको नक्सा तयार गरेबापत रु २५ हजार थप गरी रु एक लाख २५ हजार दिने व्यवस्था मिलाइएको छ ।

सम्पदा बस्ती बाहिरको हकमा ‘घ’ वर्गको घर नक्सा नगरपालिकाबाट निःशुल्क बनाइदिने नीति पनि पारित भएको छ । नगरस्तरीय खेलकुद एकेडेमी सञ्चालन गर्ने, नगरपालिकाभित्र खुला व्यायामशाला सञ्चालन गर्ने, विद्यालयस्तरबाटै मार्शल आर्टका खेलाडी उत्पादन गरी शङ्खरापुर नगरपालिकाका खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादन गर्ने नगरपालिकाको योजना छ ।

स्थानीय कच्चापदार्थबाट सञ्चालन हुने उद्योगलाई अनुदान तालिम तथा अन्य सहुलियत प्रदान गर्ने, गृह श्रमिक, लघुउद्यमी तथा साना व्यवसायीबाट उत्पादित वस्तुको बजारीकरणलाई सहज बनाउन कोसेली घर स्थापना गरिने भएको छ । सामुदायिक वनमा आयआर्जनको कार्यक्रमका लागि सार्वजनिक, निजी साझेदारीका कार्यक्रम ल्याउन लागिएको छ । शङ्खरापुर नगरपालिकाको समृद्धिको लक्ष्यप्राप्तिका लागि कृषि, पर्यटन विभिन्न क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने नीतिलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

शङ्खरापुर उज्यालो कार्यक्रमअन्तर्गत सबै वडाका मुख्य चोकमा सडक बत्तीे जडान गर्न लागिएको छ । जनघनत्व बढी भएका मुख्य चोकमा सिसीटिभीको व्यवस्था गरी सुरक्षाको प्रत्याभूति दिने नगरपालिकाले जनाएको छ । जनतासँग नगर प्रमुख कार्यक्रम सञ्चालन गर्ने, शङ्खरापुर नगरपालिकाको अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गर्ने, पर्यटक सूचना केन्द्र स्थापना गर्ने कार्यक्रम पनि नगरपालिकाले बनाएको छ ।

शनिबार, असार ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.