• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मस्तिष्काघात : ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

  •  सोमबार, असार १३, २०७९ मा प्रकाशित

काठमाडौं। मस्तिष्काघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् ।

बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा (जनशक्ति तथा उपकरण) प्रदान गर्दै आएको जनाउँदै उहाँहरुले अगामी दिनमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखा पर्दै गएको मस्तिष्क र नसा रोग न्यूनीकरण गर्न सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

हस्पिटलद्वारा निरन्तर चिकित्सा शिक्षा शृङ्खलाअन्तर्गत ‘बृहत्तर मस्तिष्क शिक्षा’ विषयक आयोजित प्रवचन कार्यक्रममा सहभागी वरिष्ठ भारतीय नसारोग विशेषज्ञले गुणस्तरीय मस्तिष्क उपचार सेवा विस्तार गर्न तथा यसका बारेमा समुदायलाई जानकारी गराउन सरकारलाई सुझाव दिए ।

उहाँहरुले मस्तिष्काघात हुनेबित्तिकै जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्न सकिएमा पूर्ववत् अवस्थामा फर्किने सम्भावना उच्च हुने र ‘प्यारालाइसिल’ हुनबाट जोगिन सकिने औँल्याए । कार्यक्रममा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीका डा शैलेश गैकवडा, मेदान्तका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा गौरव गोयल, एपोलो हस्पिटलका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा निश्चिट जैनले अलग अलग कार्यपत्र प्रस्तुत गर्दै मस्तिष्काघातका समयमा उपचारमा ल्याउन सकिएमा अपाङ्ग हुनबाट जोगाउन सकिने जनाउँदै यस्ता उपचार सेवा विस्तार गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँहरुले भन्नुभयो, “उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा उपलब्ध सेवा र प्रविधि विश्वगुणस्तरका छन् । मस्तिष्क र नसाको उपचार गर्ने चिकित्सकीय विधि प्रायः समान छन् ।” कार्यक्रममा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा सुबास फुयालले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा सुरुआत गरेको जानकारी दिनुभयो ।

यसैगरी नसारोग विशेषज्ञ डा एञ्जिलमणि सिंह महर्जनले मस्तिष्काघात हुने समस्या दिनानुदिन वृद्धि हुँदै गएको जनाउँदै यसको न्यूनीकरणका लागि उपचार सेवा विस्तार र जनचेतना जगाउन आवश्यक भएकामा जोड दिनुभयो ।

यसैगरी हस्पिटलका नसारोग विशेष डा शिखर श्रेष्ठले पक्षघातजस्तो आपत्कालीन स्वास्थ्य समस्यालाई सम्बोधन गर्न विशेष प्रविधि र जनशक्तिमा राज्यले लगानी बढाउन पर्छ भन्नुभयो । कार्यक्रममा हस्पिटलका वरिष्ठ नसारोग विशेषज्ञ डा सौरव लामिछानेले मस्तिष्काघातको नेपालको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । हस्पिटलका कार्यकारी अध्यक्ष प्राडा मधुदीक्षित देवकोटाले आगामी दिनमा निरन्तर चिकित्सा शिक्षा शृङ्खला जारी रहने जानकारी दिनुभयो ।

‘बाइ प्लेन क्याथल्याब’ : ‘न्युरो इन्टरभेन्सन’ मा वरदान

नेपालमा पहिलोपटक उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले सुरआत गरेको ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा बिरामीका लागि वरदान सावित भएको छ । अत्याधुनिक तथा विश्वस्तरीय सो उपकरणसहित विशेषज्ञ चिकित्सकको सेवाबाट धेरैले अकालमा ज्यान जोगाएका छन् ।

इन्टरभेन्सनल रेडियोलोजिष्ट डा फुयालका अनुसार इन्डोभास्कुलर वा न्युरो इन्टरर्भेन्सन भनेको बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट बन्द भएको मस्तिष्कको नसा खोल्ने वा फुटेको मस्तिष्कको नसालाई ‘रिपेयर’ गर्ने पद्धति हो । यस प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको नसाभित्र जमेको रगत थेग्लो निकालिन्छ । टाउको नखोलिकन नै मस्तिष्कभित्र गहिराईमा रहेको रक्तनलीभित्र शल्यक्रिया गरिन्छ र बिरामीलाई सञ्चो बनाइन्छ ।

उहाँ अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीबाट न्युरो इन्टरभेन्सनमा डीएम उपाधि हासिल गर्ने पहिलो नेपाली चिकित्सक हुनुहुन्छ । उहाँले भन्नुभयो, “यस पद्धतिमा शल्यक्रियाका लागि टाउको नखोलिने भएकाले बिरामीलाई छिट्टै घर पठाउन सकिन्छ । उपचारमा जोखिमसमेत धेरै कम हुन्छ । मस्तिष्कको समस्याजस्तै, मस्तिष्कघात, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नसा सुक्ने, मेरुदण्डको नसासम्बन्धि समस्यामा न्युरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न सकिन्छ ।”

नसारोग विशेष डा श्रेष्ठका अनुसार उच्च रक्तचापका कारण मस्तिष्कको नसा कमजोर भई ‘ब्रेन हेमोरेज’ पनि हुनसक्छ । यसो हुँदा विगतमा टाउको खोलेर फुटेको नसा सिलाइन्थ्यो । यसरी टाउको खोलेर शल्यक्रिया गर्दा जटिलताका साथ–साथै अस्पतालको बसाई पनि लम्बिन्थ्यो । तर अहिले एन्युरिज्मका कारण हुने ‘ब्रेन हेमोरेज’ भएका व्यक्तिलाई तारको माध्यमबाट खुट्टाको नसा हुँदै च्यातिएको नसा भित्रभित्रै सिलाइन्छ । यसलाई ‘क्वाइलिङ’ भनिन्छ । यस्ता बिरामीलाई साधारणतया पाँच–सात दिनभित्र घर पठाउन सकिन्छ । उहाँले भन्नुभयो, “तार (क्याथेटर) को माध्यमबाट शल्यक्रिया गर्दा इन्फेक्सन हुने, लामो समयसम्म सघन उपचार कक्ष (आइसियु)मा बस्नुपर्नेलगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।”

हालसम्म चार सयभन्दा वढी बिरामीले ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा लिइसकेका छन् । क्याथल्याबमार्फत मस्तिष्कभित्रको रक्तनलीसम्बन्धी रोगजस्तै नसा बन्द हुनु, रगतको नसाको फुकुण्डो फुट्नु र रगतको गुच्छाको सफल उपचार भएको छ । यी सेवा प्रदान गर्न प्राविधिकरुपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ । हस्पिटलका कार्यकारी अध्यक्ष प्रा डा देवकोटाले भन्नुभयो, “जीवनशैली, तथा खानपानमा आएको परिवर्तन, हिँडडुल र शारीरिक व्यायामको कमी, मद्यपान र धूमपानको बानीले गर्दा रगतमा तैलीय पदार्थको मात्रा बढी हुँदा यसले रक्तनलीको रोग निम्त्याउँछ । यसले उच्च रक्तचाप, मस्तिष्कघात र मुटुको समस्यामा वृद्धि भएको छ ।”

अस्पतालले दुईवर्ष अगाडि नै मस्तिष्काघात उपचार सेवाका लागि नै पहिलोपटक विश्वस्तरीय आइसियु सञ्चालनमा ल्याएको थियो । नसारोग विशेषज्ञ डा महर्जनका अनुसार मस्तिष्कमा अर्बौं कोशिका हुन्छन् । मस्तिष्कघात भई रक्तनली बन्द भएर उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख मस्तिष्कका कोषिका मर्दछन् । यसैले मस्तिष्कघातलाई आपतकालीन स्वास्थ्य समस्या भनिन्छ । मस्तिष्कघात भएका बिरामीको उपचार विगतमा ‘थ्रोम्बोलाइसिस’मा सीमित थियो ।

उहाँले भन्नुभयो “न्युरो इन्टरभेन्सन पद्धतिमा औषधिको प्रयोगबाट रगतको थेग्लो पगाल्ने गरिन्छ । यसका लागि मस्तिष्कघात भएको साढे चार घण्टाभित्र बिरामीलाई अस्पताल पु¥याएमा उपचार सेवा बढी प्रभावकारी हुन्छ तर अहिले सो पद्धतिबाट २४ घण्टासम्म पनि यस्ता बिरामीलाई अस्पताल पु¥याउन सकेमा बन्द भएको ठूलो रगतको नसाबाट थेग्लो निकालेर बिरामीलाई पूर्ववत् अवस्थामा ल्याउन सकिन्छ ।”

के हो मस्तिष्काघात ?

मस्तिष्क शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । यसलाई निरन्तर पोषण र अक्सिजन आवश्यक पर्दछ । यो रक्त नलीको माध्यमबाट मस्तिष्कमा पुग्दछ । मस्तिष्कको रक्तनलीमा अवरोध भए वा फुट्न गएमा मस्तिष्कमा रगत आपूर्ति कम भई स्नायु कोषिकामा तत्काल क्षति पुग्छ । यसरी उत्पन्न हुने समस्यालाई मस्तिष्काघात भनिन्छ ।

यसले स्नायु र स्नायुतन्तुमा स्थायी क्षति पु¥याइ अकालमा ज्यानसमेत जान सक्छ र बाँच पनि विकलाङ भई परनिर्भर हुनुपर्ने बाध्यता आउन सक्छ । पछिल्लो समय नेपालमा मृत्युको तेस्रो कारण मस्तिष्काघात रहेको जनाइएको छ । सन् २००९ देखि २०१९ का बीचमा मस्तिष्काघात हुने समस्या ४० प्रतिशतले वृद्धि भएको एक अध्ययनले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मस्तिष्काघातबाट बर्सेनि कतिजनाले अकालमा मृत्यु गर्दछन् भन्ने तथ्याङ्क नै छैन ।

मस्तिष्काघातका लक्षण

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ । ती लक्षण पहिचान गर्न चिकित्सकले छोटकरीमा ‘वि फास्ट’ अर्थात् (सन्तुलन नहुन, रिङ्गटा लाग्नु, आँखा धमिलो देख्नु, अनुहार बाङ्गिनु, हातखुट्टा लुलो हुनु, बोली लर्बराउनु, बोल्न नसक्नु, समय खेर नफाली अस्पताल पु¥याउनु) नामकरण गरेका छन् ।

मस्तिष्काघात कसलाई हुनसक्छ ?

५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप भएका, धूमपान र मद्यपान सेवन गर्ने व्यक्ति, मधुमेह, उच्च कोलस्टोर भएका, तनावपूर्ण जीवनशैली जिउने व्यक्ति, मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या भएका, परिवारमा मस्तिष्कघातको इतिहास भएका तथा हालसालै अथवा पुरानो मस्तिष्क सङ्क्रमणले ग्रस्त बिरामीलाई यसको जोखिम हुनसक्ने जनाइएको छ ।

चिकित्सकका अनुसार मस्तिष्कघात दुई किसिमले हुनसक्छ । एक मस्तिष्कभित्रको रक्तनलीमा रगतको थेग्लो जमेर र अर्काे मस्तिष्कमा रगत आपूर्ति गर्ने धमनी फुटेर । मस्तिष्काघात भएका अवस्थामा बन्द भएको नली खुलाउन औषधि र रक्तनलीभित्र शल्यक्रिया गरी दुई किसिमबाट उपचार हुने जनाइएको छ । रासस

सोमबार, असार १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.