काठमाडौं । नेपालमा मेडिकल ड्रेसिङ उत्पादनहरूको आयात वर्षेनि बढ्दै गएको छ । आर्थिक वर्ष २०११/१२ मा रू. २२ करोडका यस्ता वस्तु आयात भएकोमा गत आर्थिक वर्षमा रू. ५० करोड बराबर पुगेको छ । स्वदेशमा मेडिकल ड्रेसिङका सामग्री उत्पादनमैत्री वातावरणको अभावमा विगत दश वर्षको अवधिमा यस्ता वस्तुको आयात करीब २ गुणाले बढेको छ ।