काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उमेदवारको पहिलो भर्ना सूची प्रकाशित गरेको छ । आयोगले बुधबार राति एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको पहिलो भर्ना सूची प्रकाशन गरेको हो ।
सूचीमा परेका विद्यार्थीलाई असार २२ गतेसम्म सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा भर्ना भइसक्न आयोगले सूचित गरेको छ । झुटो विवरण पेस गरेमा भर्ना रद्द हुने पनि आयोगले जनाएको छ ।